अर्थसंक्षेप : वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोल आयात, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा र नेप्से २४ अङ्कले ओरालो « Khabarhub

अर्थसंक्षेप : वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोल आयात, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा र नेप्से २४ अङ्कले ओरालो


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिए । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा शपथ गराएका थिए । सपथलगत्तै उनी संसद् सचिवालय पुगेर पदभार ग्रहण समेत गरिसकेका छन् ।

अब उनले चैत १२ गते प्रत्यक्षतर्फका १६५ र समानुपातिक १०९ जना गरी जम्मा २७४ जना सदस्यलाई शपथ गराउने छन् । जसका लागि सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवनको बहुउद्देशीय हल अस्थायी प्रतिनिधि सभा कक्षका रुपमा तम्तयार छ ।

‘भोलि हुने प्रतिनिधि सभा सदस्यहरूको शपथका लागि निर्माणाधीन संसद् भवनको बहुउद्देशीय हल तयार गरिसकेका छौँ,’ संघीय संसद् सचिवालयकी उपसचिव तथा सूचना अधिकारी साबित्रा शर्माले बताइन् । उनका अनुसार उक्त हल ३ सय एकैसाथ अट्न सक्ने क्षमताको छ ।

‘३ सय जना अट्ने हलमा माइकिङ, भिडियो अडियो कुर्सी लगायतका सबै प्राविधिक व्यवस्था पुरानो भवनको जस्तै गरिएको छ,’ उनले थपिन्, दर्शक दीर्घाका लागि भने हल अगाडी स्क्रिनमा हेर्न मिल्ने व्यवस्था छ,’ । २०७६ साल असोज १ गते शिलान्यास गरिएको भवनको अझैँ ८५ प्रतिशत काम बाँकी छ ।

ग्लोबल आइएमई बैंकद्वारा पौभा कलाको दिव्य रङ्ग, दर्शन समावेश नयाँ क्यालेन्डर सार्वजनिक

नेपालको आर्थिक रूपान्तरण र विकास यात्रामा सहकार्य गर्न चीन प्रतिबद्ध

नेप्से परिसूचक २४ अङ्कले ओरालो

गत तीन दिन बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज चौथो कारोबार दिन भने दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २४ दशमलव ४५ अङ्कले घटेर दुई हजार ९३५ दशमलव ९४ को विन्दुमा कायम भएको हो ।

आज ३४५ कम्पनीको तीन करोड ५८ लाख १९ हजार ८२९ कित्ता शेयर एक लाख ३८ हजार २५६ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब नौ करोड चार लाख १६ हजार ८४६ बराबरको कारोबार भएको छ ।

सुनको मूल्यमा १४ हजार ६०० रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

तेल भण्डार थप खोल्न जापानको आग्रह

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ७ : १३ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद