धनुषामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते « Khabarhub

धनुषामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धनुषा – यहाँको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार ढल्केबरबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–००४ प १८९५ नम्बरको मोटरसाइकललाई मधेस प्रदेश ०२–००१ च १६४७ नम्बरको माछा बोकेको महिन्द्रा पिकअपले ठक्कर दिएको हो ।

दुर्घटनामा क्षीरेश्वरनाथ नगरपालिका–६ कुचाइटोल बस्ने ५५ वर्षीय समीम खानको मृत्यु भएको प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिनुभयो । दुर्घटनालगत्तै खानलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा जनकपुरधाम उपमहानगरपालिका–४ का ५० वर्षीय विनोदसिंह घाइते हुनुभएको छ । उहाँको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न पिकअप चालक सिरहाको सुखीपुर–३ बस्ने दिनेश सहनीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ८ : ५४ बजे

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण

देशकै छातीमा वज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको