जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू « Khabarhub

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना फैलाउनेहरू पनि जाँचबुझ आयोगले पहिचान गरेको छ ।

जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनमा भ्रम फैलाउनेहरूको पहिचान गरेको हो ।

भ्रामक सूचना फैलाउनेमा गायक शिव परियार, टंक दाहाल, सुजन ढकाल, कमेडियनसमेत रहेका हमेश पन्त र भाग्य न्यौपाने रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

‘भ्रामक प्रचारहरु जस्तै २३ गतेको घटनामा चुच्चेपाटीस्थित भाटभटेनी मा ३५ शवको कंकाल भेटिएको भनी प्रचार गरी यो । त्यस्तै ३२ जना हराइरहेका प्रदर्शनकारी बानेश्वर संसद भवनभित्र मृत अवस्थामा भेटिए भनी २४ गते प्रचार गरी यो । यस्तो प्रचार गर्नमा सोसल मिडिया इन्फ्लुन्सर टंक ढकाल, सुजन ढकाल, शिव परियार, हिमेस पन्त र भाग्य न्यौपाने जस्ता व्यक्तिहरु संलग्न रहेको पाइन्छ’ प्रतिवेदनमा छ ।

अर्का एक विमान परिचारिकाले हिमालयन एयरलाइन्सबाट प्रधानमन्त्री केपी ओली भागेर दुवई पुगेको र उनले आफैँ देखेको भ्रामक प्रचार गरेको आयोगले उल्लेख गरेको छ ।

‘हिमालय एयरलाइन्सले यसको खण्डन गरी प्रेस वक्तव्य नै जारी गर्नुपर्यो । त्यस्तै एउटा अर्को मिडियामा नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई भीडले घिसारेर पिटिरहेको प्रचार गर्यो, त्यो गलत प्रचार थियो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भीडबाट बच्न नदीमा भागिरहेका र व्यक्तिहरुले उनलाई पिटिरहेको दृष्य भिडियोमा देखाइएको थियो’ प्रतिवेदनमा छ ।

त्यस्तै सञ्चारकर्मी दिलभूषण पाठकले पनि भ्रामक सूचना फैलाएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ९ : ४८ बजे

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौं – विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध