जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए « Khabarhub

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गएको थियो । यीमध्ये २४ जनाको भने आन्दोलनकारीबाटै मारिएको जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।

आन्दोलनकारीबाटै मारिएका भनिएका २४ जनामा एक विदेशी पनि छन् । हायात होटलमा भारतीय नागरिको मृत्यु भएको थियो। त्यस्तै आन्दोलनकारीको कुटपिटबाट तीन प्रहरीको मृत्यु भएको थियो। ५ जनाको भने विभिन्न भवनमा जलेर ज्यान गएको थियो ।

निजी प्रतिष्ठानमा काम गर्ने कर्मचारी र सर्वसाधारण गरी ३ जनाको पनि आन्दोलनकारीको आगलागीमा परेर मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । भाटभटेनीमा जलेको अवस्थामा फेला परेका १२ जनाको भने अझै सनाखत हुन सकेको छैन ।

प्रहरीको गोली लागेर ४२ जनाको मृत्यु भएको थियो । १० जना कैदीबन्दीको भाग्ने क्रममा गोली प्रहारबाट ज्यान गएको थियो।

यी मध्ये तीन प्रहरी र प्रहरीको गोली लागि ज्यान गुमाएका ४२ जनालाई सरकारले सहिद घोषणा गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  १० : १९ बजे

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय