अनधिकृत संरचना हटाउँदा मानवीय संवेदना पहिलो प्राथमिकता : सुनिता डंगोल « Khabarhub

अनधिकृत संरचना हटाउँदा मानवीय संवेदना पहिलो प्राथमिकता : सुनिता डंगोल


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण र अनधिकृत संरचना हटाउने अभियानमा महानगरपालिकाले मानवीय मूल्य र मान्यतालाई आत्मसात् गर्ने स्पष्ट पारेकी छिन् ।

उनले सामाजिक सञ्जालमार्फत सरकारको निर्णय र जिल्ला प्रशासन कार्यालयको अनुरोधमा भइरहेका कार्यहरूमा महानगरले सहयोगी भूमिका खेल्ने स्पष्ट पार्दै यही वैशाख ११ गते काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाका सदस्यहरुबीच भएको छलफलको मार्ग निर्देशनलाई दृष्टिगत गरी धारणा सार्वजनिक गरेकाे बताएकी छिन् ।

उनले संरचना हटाउने क्रममा मानवीय मर्यादाको पूर्ण पालना, ज्येष्ठ नागरिक, बिरामी, गर्भवती महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको विशेष ख्याल राख्नुका साथै सकेसम्म विवादरहित, सुरक्षित र न्यायपूर्ण तवरले व्यवस्थापन गर्ने र कानुन तथा न्याय प्रतिकूल नहुने गरी गर्न काठमाडौं महानगरपालिकाको अधिकतम प्रयास र सहयोग रहने स्पष्ट पारेकी छिन् ।

कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाले सरकारी, ऐलानी, पर्ति र सामुदायिक जग्गा संरक्षण गर्दा कानुन र न्यायको प्रतिकूल नहुने गरी अधिकतम प्रयास गरिरहेको पनि जनाएकी छिन् ।

उनले यो अभियानलाई सफल बनाउन सरोकारवाला निकाय, पदाधिकारी र सर्वसाधारण सबैलाई आवश्यक सहयोग र समन्वयका लागि हार्दिक अनुरोध समेत गरेकी छिन् ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ७ : ५२ बजे

नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ– बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

बाँके– पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रको रूपमा रहेको नेपालगञ्जस्थित भेरी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक

विपन्नका लागि छुट्याइएका हजारौँ बेड खाली, किन पुग्दैनन् बिरामी ?

काठमाडाैँ- नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने