हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्रलाई भने- ‘जनतालाई धेरै दुःख नदिनु’ « Khabarhub

हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्रलाई भने- ‘जनतालाई धेरै दुःख नदिनु’


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद हर्कराज राई (साम्पाङ)ले जनतालाई धेरै दुःख नदिन प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गरेका छन् ।

सरकारले सुकुमबासी बस्तीमा डोजर चलाउँदै गर्दा उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत जग्गा जमिन कसैको नहुने भन्दै जनतालाई धेरै दुःख नदिन सुझाव दिएका हुन् ।

उनले भनेका छन्– ‘बालेन जी… तपाइँलाई मेरो सुझाव- जनतालाई धेरै दुःख नदिनु, जग्गा जमीन तेरो न मेरो कसैको हुँदैन ! सबै जना एक दिन सडेर या जलेर खरानी हुँदै माटोमा विलय हुनु पर्छ, सत्य यही एउटा माटो हो !’

उनले प्रधानमन्त्री वालेनलाई विकास निर्माणतर्फ लाग्न सुझाव दिँदै जुँगाको पुरानो फाइट छोड्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्– विकासमा लाग्नु, पुरानो जुँगाको फाइट छोड्नु, आजको मितिमा तपाईँकै जुँगा लामो छ, छोड्दिनु भो !’

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  १० : ३३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली