नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड « Khabarhub

नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल–बङ्गलादेश सम्बन्ध : आर्थिक सहकार्यको प्रवर्द्धन’ विषयक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले व्यापार, पारवहन, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, शिक्षा तथा पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय सहकार्यका व्यापक सम्भावना रहेका उल्लेख गर्दै दुई देशबीचको आर्थिक साझेदारीलाई सुदृढ बनाउन व्यावसायिक सम्बन्ध विस्तारमा जोड दिए ।

कार्यक्रममा रङ्गपुरका अतिरिक्त जिल्ला मजिस्ट्रेट क्रिस्टोफर हिमाल रिचिल, रङ्गपुर मेट्रोपोलिटन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष गुलाम जकारिया, रङ्गपुर चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका कार्यवाहक अध्यक्ष मञ्जुर अहमद तथा रङ्गपुर महिला चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजकी अध्यक्ष शाहनाज परविन शाहिनलगायत वक्ताले दुई देशका व्यावसायिक समुदायबीच सम्बन्ध सुदृढ गर्नुपर्नेमा जोड दिनुभएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

साथै उनीहरुले नेपाल–बङ्गलादेश आर्थिक साझेदारीलाई अझ अघि बढाउने उपायबारे विचार आदानप्रदान गरेका थिए ।

त्यस अवसरमा रङ्गपुरस्थित विभिन्न उद्योग वाणिज्य सङ्घ, व्यावसायिक संस्थाका प्रतिनिधि, ट्राभल एन्ड टुर’ उद्यमी तथा सञ्चारकर्मीको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ११ : ५० बजे

पर्वहरूले राष्ट्रिय एकता बलियो बनाउनुपर्छ : रवि लामिछाने

काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

पोल्यान्डमा अन्धाधुन्ध गोली प्रहार : ६ जनाको मृत्यु

क्राको– पोल्याण्डको क्राको सहरस्थित व्यस्त मुख्य चोकमा शनिबार एक व्यक्तिले

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै, १५ दिनमै भित्रिए ३५ हजार ८५८ जना

मुस्ताङ– तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा

प्रधानमन्त्री पत्नी सबिनाको कुकुर तिहार विशेष कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह बालेनकी पत्नी सबिना काफ्लेले आज आइतबार

बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो

काठमाडौँ– काठमाडौँस्थित बङ्गलादेशी दूतावासले विविध कार्यक्रम आयोजना गरी बङ्गलादेशको राष्ट्रिय