युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते « Khabarhub

युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

युक्रेन– युक्रेनको पूर्वी डिनिप्रो शहरमा भएको पछिल्लो रूसी आक्रमणमा  दुई जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको अधिकारीहरूले शनिबार बताएका छन् । 

उद्धारकर्मीहरूले रूसी आक्रमणबाट ध्वस्त भएको डिनिप्रो स्थित एउटा भवनको भग्नावशेषबाट दुई जनाको शव बरामद गरेको ड्रिन्प्रोपेट्रोभस्क क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर गान्झाले बताएका छन् ।

पाँच जना अझै पनि भग्नावशेषमुनि फसेको हुन सक्ने आशंका गरिएको बताउँदै उनले २१ जना घाइते भएको पुष्टि गरेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा चार जनाको मृत्यु भएको र करिब ३० जना घाइते भएको बताएका छन् ।

आक्रमणको सामना गर्न साझेदारहरूलाई तत्काल र सहकार्य आवश्यक रहेको बताउँदै हवाई रक्षा बलियो बनाउन तथा रूस विरुद्ध युरोपेली प्रतिबन्धको २१औँ प्याकेजतर्फ पनि अघि बढ्नु पर्ने बताएका छन् ।

युक्रेनको सिमानामा रहेको रूस कुस्र्क क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा परी एक जना घाइते भएको गभर्नर अलेक्जान्डर खिन्स्टेनले शनिबार बताएका छन्।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  २ : ४२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली