सुकुम्बासी बस्ती खाली गरेपछिको थापाथली (तस्बिरहरू) « Khabarhub

सुकुम्बासी बस्ती खाली गरेपछिको थापाथली (तस्बिरहरू)


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाइएपछि बागमती नदी किनार क्षेत्र अहिले खुला र फराकिलो देखिन थालेको छ । वर्षौँदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका टहरा तथा अस्थायी संरचना हटाइएपछि उक्त क्षेत्रको स्वरूपमा परिवर्तन देखिएको हो ।

बागमती करिडोर विस्तार तथा नदी किनार संरक्षणको उद्देश्यसहित सञ्चालन गरिएको खाली गराउने अभियानपछि अहिले नदी किनार सफा, व्यवस्थित र खुला देखिएको छ । पहिले बाक्लो टहरा, साँघुरा  र फोहोरले भरिएको क्षेत्र अहिले खुला मैदानजस्तै देखिन थालेको छ । 

थापाथली क्षेत्र बागमती करिडोरको महत्वपूर्ण भाग मानिन्छ । नदी किनार अतिक्रमणका कारण वर्षेनी बाढी, फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको थियो । बस्ती हटाइएपछि करिडोर क्षेत्रको सौन्दर्य बढ्नुका साथै नदी सफाइ अभियानलाई पनि सहज हुने अपेक्षा गरिएको छ ।

यद्यपि बस्ती हटाउने कार्यसँगै विस्थापित परिवारहरूको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । आफूहरू वर्षौँदेखि बस्दै आएको स्थानबाट हटाइँदा वैकल्पिक आवासको व्यवस्था छिटो हुनुपर्ने उनीहरूको माग रहेको छ । 

मानव अधिकारकर्मी तथा अधिकारवादी संस्थाहरूले बस्ती हटाउँदा पुनःस्थापनाको स्पष्ट योजना आवश्यक पर्ने बताएका छन् । उनीहरूका अनुसार विकास निर्माणसँगै नागरिकको आधारभूत आवास अधिकारलाई पनि प्राथमिकता दिनुपर्छ ।

महानगरपालिकाले भने सार्वजनिक जग्गा संरक्षण, नदी किनार व्यवस्थापन र शहरी सौन्दर्य सुधारका लागि अभियान आवश्यक रहेको जनाएको छ । आगामी दिनमा करिडोर क्षेत्रलाई थप व्यवस्थित बनाउँदै हरियाली, पैदलमार्ग र सार्वजनिक उपयोगका संरचना निर्माण गरिने योजना रहेको बताइएको छ ।

थापाथली सुकुम्बासी बस्ती हटाइएपछि अहिले उक्त क्षेत्रको दृश्य पूर्ण रूपमा बदलिएको छ । पहिले अव्यवस्थित र भीडभाडयुक्त देखिने नदी किनार अहिले खुला, सफा र व्यवस्थित देखिन थालेको छ। 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ११ : ५० बजे

बाढीका बेपत्ताका आफन्तले कुशको शव बनाएर गर्न थाले दाहसंस्कार

काठमाडौं– रसुवा बाढीमा परि बेपत्ता भएकाहरूका आफन्तहरूले कुशको शव बनाएर

रसुवाको टिमुरेदेखि घट्टे खोलासम्मको किनारमा भेटिए १०५ शव

काठमाडौं- गत बुधबारको भीषण बाढीका कारण सबैभन्दा ठूलो क्षति व्यहोरेको

नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने

काठमाडौं– नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशीको बाढीमा मृत्यु भएका नेपाली

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग

काठमाडौं– नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले रसुवाको भोटेकोशी बाढीबाट

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन