‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले साहित्यिक व्यक्तित्व नेपालमा ल्याउने « Khabarhub

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले साहित्यिक व्यक्तित्व नेपालमा ल्याउने


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का आयोजकले दक्षिण एशियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटहरूमध्ये एकको आगामी संस्करणको औपचारिक घोषणा गरेका छन् । 

यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकहरूको सहभागिता रहनेछ ।

एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस संस्करणको आठदिने कार्यक्रम नेपाली साहित्यमा गुरु प्रसाद मैनालीले पुर्‍याएको दीर्घकालीन योगदानको सम्मानमा समर्पित छ । 

यस वर्षको महोत्सव मे २९ देखि जुन ५ सम्म काठमाडौंमा आयोजना हुनेछ । सप्ताहव्यापी कार्यक्रममा मास्टर क्लास, कार्यशाला, मुख्य वक्तव्य, कविता वाचन, साहित्यिक संवाद, चलचित्र प्रदर्शन, सांस्कृतिक भ्रमण तथा साहित्य र कलाको रूपान्तरणकारी शक्तिमाथि केन्द्रित अन्तरविषयक छलफलहरू समावेश गरिएका छन् ।

यस महोत्सवमा पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के. स्मिथ र पल मल्डुन, चर्चित उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज, कवि तथा अनुवादक टोनी बार्नस्टोन, विश्वप्रसिद्ध हिमालयन कवि युयुत्सु शर्मा, आइरिश साहित्यिक सम्पादक मार्टिन डोयल, ब्रुकलिन ‘पोएट लौरिएट’ टिना चाङ लगायत नेपाल, भारत, आयरल्यान्ड, अस्ट्रिया, पोल्यान्ड, संयुक्त राज्य अमेरिका तथा अन्य देशका विशिष्ट साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहनेछ ।

महोत्सवको उद्घाटन हिमालयन तथा विश्व साहित्यिक परम्पराको सङ्गमलाई उत्सवका रूपमा मनाउने विशेष समारोहद्वारा गरिने आयोजकले जनाएको छ । 

आइतबार काठमाडौंमा आयोजिक पत्रकार सम्मेलनमा बोल्दै हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटस २०२६ का आयोजक युयुत्सु शर्माले भने, ‘साहित्य विलासिता होइन। यो मानव सभ्यतासँगै रहेको हिलिङको सबैभन्दा पुरानो माध्यम हो । यो महोत्सव हिमाली राष्ट्र नेपाल, यसको समृद्ध सांस्कृतिक सम्पदा र जीवन्त जीवनशैलीको गौरवमय उत्सव हो । यस महोत्सवले नेपालको गौरवलाई विश्वमञ्चमा उजागर गर्दछ ।’

‘एनसेल फाउन्डेसनमा हामी साहित्य र स्टोरिटेलिङले सांस्कृतिक सम्पदाको संरक्षण, सिर्जनशीलतालाई प्रेरणा तथा अर्थपूर्ण संवाद प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गर्छौँ । हिमालयन लिटरेचर फेस्टिभलसँगको सहकार्यमार्फत नेपालका समृद्ध साहित्यिक संस्कृतिको उत्सव मनाउँदै स्थानीय र विश्वव्यापी सिर्जनशील आवाजहरूलाई जोड्ने यस मञ्चलाई सहयोग गर्न पाउँदा हामी गर्व महसुस गर्छौँ,’ कर्पोरेट कम्युनिकेसन्स, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले बताइन् ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  १ : १५ बजे

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङ– सुनवर्षी नगरपालिका-९ डाईनिया चोकस्थित सडकमा प्र.१-०२-०५७ प८४८७ नम्बरको मोटरसाइकलको

स्ट्रेट अफ होर्मुज खोल्नेबारे ओमान-ईयू वार्ता, इरानी सांसद भन्छन् : कसैको दबाबसामु हामी झुक्दैनौँ

तेहरान- ओमानका विदेशमन्त्री बद्र बिन हमद अल बुस्यादीले युरोपेली संघ

अवैध लागूऔषध अफिम र गाँजा बरामद

काठमाडौं– मकवानपुरको मनहरी गाउँपालिका-७ मनहरी पुल नजिकबाट अवैध लागूऔषध अफिम

बजेटले बढाउला कर्मचारीको तलब  ?

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन अब ४ दिन

भरूवा बन्दुकसहित एकजना पक्राउ

सर्लाही– बरहथवा नगरपालिका-१२ लौकट गाउँबाट एकनाले भरूवा बन्दुक १ थान,