मध्यपूर्व तनाव कम हुने संकेतपछि अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो गिरावट « Khabarhub

मध्यपूर्व तनाव कम हुने संकेतपछि अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो गिरावट


११ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– अमेरिका र इरानबीच शान्ति वार्ता अघि बढ्ने सम्भावनासम्बन्धी समाचार सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय तेल बजारमा सोमबार कारोबार सुरु हुँदै कच्चा तेलको मूल्य करिब पाँच प्रतिशतले घटेको छ । 

मध्यपूर्व क्षेत्रमा तनाव कम हुने र आपूर्ति अवरोध घट्ने अपेक्षासँगै लगानीकर्ताहरू बिक्रीतर्फ आकर्षित हुँदा बजारमा तीव्र गिरावट देखिएको हो ।

जुलाई महिनाका लागि आपूर्ति हुने पश्चिम टेक्सास मध्यवर्ती (डब्लुटीआई) कच्चा तेलको मूल्य एक समय प्रति ब्यारेल ५.३५ अमेरिकी डलरले घटेर ९१.२५ अमेरिकी डलरमा पुगेको थियो । यो करिब ५.५३ प्रतिशतको गिरावट हो । त्यस्तै, ब्रेन्ट कच्चा तेलको मूल्य पनि ५.५७ अमेरिकी डलरले घटेर प्रति ब्यारेल ९७.९७ अमेरिकी डलरमा झरेको छ, जुन करिब ५.३८ प्रतिशतले कम हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँगको सम्भावित शान्ति सम्झौता धेरै हदसम्म टुंगिएको भए पनि अन्तिम सहमतिका लागि अमेरिका, इरान र मध्यपूर्वका अन्य मुलुकबीच थप छलफल आवश्यक रहेको बताएका थिए । प्रस्तावित योजनामा ६० दिने युद्धविराम विस्तार, हर्मुज जलडमरूमध्य पुनः सञ्चालन, इरानलाई पुनः तेल निर्यातको अनुमति तथा इरानको आणविक कार्यक्रमबारे वार्ता गर्ने विषय समावेश छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले हर्मुज जलडमरूमध्य पुनः खुला गर्न सहमति जनाए अमेरिका आणविक कार्यक्रमसम्बन्धी गम्भीर वार्ताका लागि तयार रहेको बताएका छन् ।

यसैबीच, इरानको इस्लामिक क्रान्तिकारी गार्डले पछिल्लो २४ घण्टामा ३३ वटा जहाज हर्मुज जलडमरूमध्य पार गरेको जनाएको छ । यसले उक्त सामुद्रिक मार्ग आंशिक रूपमा सञ्चालनमा रहेको संकेत गरेको छ ।

ऊर्जा विश्लेषकहरूका अनुसार युद्धअघिको अवस्थामा तेल आपूर्ति चाँडै फर्किने सम्भावना कम छ । उत्पादन संरचनामा पुगेको क्षति, केही क्षेत्रमा जारी उत्पादन अवरोध तथा ढुवानी समस्याले आपूर्ति प्रणाली अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन । 

विश्लेषकहरूले विश्व बजारमा आपूर्ति–माग असन्तुलन केही समय कायम रहने, तेलको मूल्य दीर्घकालसम्म उच्च रहन सक्ने तथा बजार पूर्ण रूपमा स्थिर हुन सन् २०२७ सम्म लाग्न सक्ने बताएका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  १ : ४५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको