मेस्सी खेलको बीचमै बाहिरिँदा मियामीको जित छायामा पार्‍यो, विश्वकपअघि चोट लागेको आशंका « Khabarhub

मेस्सी खेलको बीचमै बाहिरिँदा मियामीको जित छायामा पार्‍यो, विश्वकपअघि चोट लागेको आशंका


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

मियामी- आइतबार राति न्यू स्टेडियममा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई ६-४ ले हराएको खेलमा लियोनेल मेस्सी ७३औं मिनेटमा मैदानबाट बाहिरिए।

उनी आफ्नो बायाँ तिघ्रा समातेर लकर रुपमतिर गए। मियामीका कप्तान मेस्सीले ७०औं मिनेटमा फ्री किक प्रहार गरेपछि आफ्नो बायाँ तिघ्राको माथिल्लो भाग समातिरहेका थिए।

उनले आफूलाई प्रतिस्थापन अनुमति मागे, उनको स्थानमा माटेओ सिल्भेट्टी मैदान छिरे । मेस्सी मैदानबाट बाहिरिएर लकर रुमतिर जाँदा कसैको सहयोग लिएनन्।

खेलपछि मियामीका प्रशिक्षक गिल्येरमो होयोसले भने, ‘मलाई अहिलेसम्म कुनै रिपोर्ट आएको छैन, तर उनी निकै थकित थिए। यो थकान थियो।’

उनले मेस्सीमा देखिएको तनाव थकानकै कारण भएको बताए । ‘हो, यो थकानकै कारण थियो। उनी थाकेका थिए, मैदान भारी थियो, जोखिम नलिनु नै राम्रो हुन्छ भन्ने सोचेर उनलाई प्रतिस्थापित गरियो।’

होयोसले खेलपछि मेस्सीसँग कुरा भइनसकेको बताएका छन् । विश्वकप सुरु हुन लाग्दा मेस्सीको यस्तो दुर्लभ प्रतिस्थापनले इन्टर मियामीको ठूलो कमब्याक जित र एमएलएस इतिहासको कीर्तिमान ८ गोल भएको पहिलो हाफलाई छायाँ पारिदियो।

युनियनले खेलको सुरुमै २-० को अग्रता लिएको थियो। मिलान इलोस्कीले खुला खेलमा एक र पेनाल्टीबाट अर्को गोल गरे। त्यसपछि जर्मन बर्टेरामेले मेस्सीको क्रसमा गोल गर्दै अन्तर घटाए।

केही मिनेटपछि ब्रुनो दामियानीले गोल गरेपछि युनियनले फेरि २ गोलको अग्रता बनायो।

मियामीले तेस्रो गोल खाएपछि जबरजस्त कमब्याक गर्‍यो। लुइस सुवारेजले गोल गरे, बर्टेरामेले आफ्नो दोस्रो गोल गरे । सुवारेजले फेरि अर्को गोल गर्दै घरेलु टोलीलाई ४-३ को अग्रता दिलाए।

पहिलो हाफ सकिनुअघि भीएआरले सर्जियो रेगुइलोनलाई ह्यान्डबल दिएपछि इलोस्कीले ह्याट्रिक पूरा गर्दै स्कोर ४-४ मा पुर्‍याए।

यो एमएलएस इतिहासको सबैभन्दा धेरै गोल भएको पहिलो हाफ थियो। दोस्रो हाफमा भारी वर्षाका कारण खेल सुस्त भयो। दुवै टोलीले पहिलो हाफ जस्तो मौका बनाउन सकेनन्।

मेस्सी बाहिरिएपछि केही मिनेटमा लुइस सुवारेजले बर्टेरामेको असिस्टमा आफ्नो तेस्रो गोल गरेर मियामीलाई ८१औं मिनेटमा ५-४ को अग्रता दिलाए।

मेस्सीका अर्जेन्टिनी सहकर्मी रोड्रिगो डे पउलले छैटौं गोल गरे। यो खेल एमएलएस नियमित सिजनको दोस्रो सबैभन्दा धेरै गोल भएको खेल हो।

अब एमएलएसले विश्वकपका लागि लामो ब्रेक लिनेछ। टोलीहरू जुलाईको अन्त्यतिर फर्किनेछन्। यो जितसँगै मियामी पूर्वी सम्मेलनमा ३१ अंकसहित दोस्रो स्थानमा छ, शीर्षस्थानको न्याशभिलभन्दा २ अंक पछाडि।

अर्जेन्टिनाले अझै विश्वकप टोली घोषणा गरेको छैन, तर मेस्सीले उपाधि रक्षा गर्न खेल्ने अपेक्षा गरिएको छ। उनीहरूले जुन १६ मा अल्जेरियाविरुद्ध ग्रुप जेको खेल खेल्नेछन्।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  २ : ३१ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था