रामकृष्णलाई तनाव दिँदै, वर्षालाई रुवाउँदै फ्लप भयो ‘मालती मंगले’ « Khabarhub

रामकृष्णलाई तनाव दिँदै, वर्षालाई रुवाउँदै फ्लप भयो ‘मालती मंगले’


११ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदर्शनको संघारमा बहिष्कारमा परेको फिल्म ‘मालती मंगले’ फ्लप भएको छ ।

वैशाख २५ बाट प्रदर्शनमा आएको यस फिल्मले जेठ ९ सम्म मात्रै ५१ लाख ६३ हजार ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डले जनाएको छ ।

सुरुवाती १६ प्रदर्शन दिनमा यो फिल्मको व्यापार न्यून देखिएको हो । बक्स अफिसमा फ्लप साबित भएको हो ।

यो फिल्मको दैनिक औसत व्यापार ३ लाख २२ हजार रहेको बोर्डको तथ्यांकले देखाउँछ ।

नायक विजय बराल र नायिका वर्षा राउतको अभिनय रहेको यस फिल्म बहिष्कारमा परेको थियो । नायिका वर्षाको अभिनयले तारिफ पाउँदा पनि हलमा दर्शकको चाप बढेन ।

यो फिल्मको कमजोर अकुपेन्सी र फिल्मको प्रचारमा फिल्मी सर्कलबाट सहयोग नभएपछि नायिका वर्षाले आँशु झारेको भिडियो सार्वजनिक गरेकी थिइन् ।

त्यसपछि केही स्टारहरूले उनको फिल्म हलमा लागेको जानकारी फेसबुकमार्फत् दर्शकलाई दिएका पनि थिए । तर, फिल्मको व्यापारमा त्यसको प्रभाव देखिएन ।

निर्माताको जिम्मेवारीमा रहेका रामकृष्णकै कारण यो फिल्म बहिष्कारमा परेको हो ।

रवि लामिछाने नख्खु कारगारबाट भाग्दा आफ्नो गाडीमा राखेर आफैँले चलाएर उनलाई घरमा छोडको अभिव्यक्ति रामकृष्णले दिएपछि फिल्म बहिष्कारमा परेको हो ।

बहिष्कार र फिल्मको व्यापार कमजोर भएपछि विदेशी प्रदर्शकहरू पनि पछि हटेको पाइएको छ ।

उनले उक्त अभिव्यक्ति दिएको अन्तर्वार्ताका प्रस्तोतालाई ‘अन्तर्वार्ताले ब्याक फायर गर्‍यो’ भन्दै पठाएको मेसेज पनि सार्वजनिक भएको छ ।

लगानी सुरक्षित गर्ने महत्त्वपूर्ण पाटो विदेश प्रदर्शन रहेको सन्दर्भमा उनीहरू बिच्किएपछि रामकृष्ण तनावमा रहेको बुझिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  २ : ४३ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल