रामकृष्णलाई तनाव दिँदै, वर्षालाई रुवाउँदै फ्लप भयो ‘मालती मंगले’ « Khabarhub

रामकृष्णलाई तनाव दिँदै, वर्षालाई रुवाउँदै फ्लप भयो ‘मालती मंगले’


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदर्शनको संघारमा बहिष्कारमा परेको फिल्म ‘मालती मंगले’ फ्लप भएको छ ।

वैशाख २५ बाट प्रदर्शनमा आएको यस फिल्मले जेठ ९ सम्म मात्रै ५१ लाख ६३ हजार ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डले जनाएको छ ।

सुरुवाती १६ प्रदर्शन दिनमा यो फिल्मको व्यापार न्यून देखिएको हो । बक्स अफिसमा फ्लप साबित भएको हो ।

यो फिल्मको दैनिक औसत व्यापार ३ लाख २२ हजार रहेको बोर्डको तथ्यांकले देखाउँछ ।

नायक विजय बराल र नायिका वर्षा राउतको अभिनय रहेको यस फिल्म बहिष्कारमा परेको थियो । नायिका वर्षाको अभिनयले तारिफ पाउँदा पनि हलमा दर्शकको चाप बढेन ।

यो फिल्मको कमजोर अकुपेन्सी र फिल्मको प्रचारमा फिल्मी सर्कलबाट सहयोग नभएपछि नायिका वर्षाले आँशु झारेको भिडियो सार्वजनिक गरेकी थिइन् ।

त्यसपछि केही स्टारहरूले उनको फिल्म हलमा लागेको जानकारी फेसबुकमार्फत् दर्शकलाई दिएका पनि थिए । तर, फिल्मको व्यापारमा त्यसको प्रभाव देखिएन ।

निर्माताको जिम्मेवारीमा रहेका रामकृष्णकै कारण यो फिल्म बहिष्कारमा परेको हो ।

रवि लामिछाने नख्खु कारगारबाट भाग्दा आफ्नो गाडीमा राखेर आफैँले चलाएर उनलाई घरमा छोडको अभिव्यक्ति रामकृष्णले दिएपछि फिल्म बहिष्कारमा परेको हो ।

बहिष्कार र फिल्मको व्यापार कमजोर भएपछि विदेशी प्रदर्शकहरू पनि पछि हटेको पाइएको छ ।

उनले उक्त अभिव्यक्ति दिएको अन्तर्वार्ताका प्रस्तोतालाई ‘अन्तर्वार्ताले ब्याक फायर गर्‍यो’ भन्दै पठाएको मेसेज पनि सार्वजनिक भएको छ ।

लगानी सुरक्षित गर्ने महत्त्वपूर्ण पाटो विदेश प्रदर्शन रहेको सन्दर्भमा उनीहरू बिच्किएपछि रामकृष्ण तनावमा रहेको बुझिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  २ : ४३ बजे

वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत

बागमती – बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले एक वर्षे

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

नयाँ दिल्ली- भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला