स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड  « Khabarhub

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड 


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । 

सोमबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा मन्त्रालयका सचिव डा। विकास देवकोटाले यससम्बन्धी जानकारी दिएका हुन् । 

बैठकमा जानकारी दिँदै सचिव देवकोटाले हालसम्म मन्त्रालयको कुल बेरुजुमध्ये करिब साढे ४ प्रतिशत बेरुजु फर्स्यौट भइसकेको र त्यसपछि बेरुजु रकम २२ अर्ब ७० करोड रुपैयाँमा झर्ने स्पष्ट पारे । 

उनले खाद्य स्वच्छता विभागसँग जोडिएर आएका बेरुजुबारे अहिले नै यकिन नभए पनि साबिकको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बेरुजुको अवस्था यस्तो रहेको बताए ।

मन्त्रालयले थप १३ प्रतिशतभन्दा बढी बेरुजुको परीक्षणका लागि तयारी गरिरहेको उनले जानकारी दिए । यो परीक्षण प्रक्रिया सकिएपछि कुल १८ देखि १९ प्रतिशतसम्म बेरुजु फर्स्यौट हुने अपेक्षा मन्त्रालयले गरेको छ ।

गत वर्षहरूमा बेरुजु फर्स्यौटको दर ५० प्रतिशतभन्दा कम हुने गरेको भए तापनि चालु आर्थिक वर्षमा भने ६० प्रतिशतसम्म बेरुजु फर्स्यौट गर्ने लक्ष्य लिइएको सचिव देवकोटाले उल्लेख गरे ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ५ : ४१ बजे

पाठ्यक्रम पुनरावलोकनका मुद्दा : व्यावहारिक सीप, प्रविधि र जलवायु परिवर्तनदेखि विपद् व्यवस्थापनसम्म

काठमाडौं– बदलिँदो सामाजिक, आर्थिक र प्रविधिगत परिवेशअनुकूल पाठ्यक्रममा परिवर्तनका लागि

थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

मनाङ– अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा

पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

भोजपुर– भोजपुरको पौवादुङ गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर