‘आदिवासी जनजातिको हक, अधिकार स्थापित गर्न प्रतिबद्ध छौँ’  « Khabarhub

‘आदिवासी जनजातिको हक, अधिकार स्थापित गर्न प्रतिबद्ध छौँ’ 


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिभिन्न दलका सांसदहरूले नेपालका आदिवासी जनजातिहरूको हक, अधिकार स्थापित गर्न प्रतिबद्ध रहेको बताएका छन् ।  

नेपाल आदिवासी जनजाति महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरूले मुलुकको परिवर्तनमा आदिवासी जनजाति महत्त्वपूर्ण रहेको भन्दै हक, अधिकार स्थापित गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।

आदिवासी जनजातिहरूको हक, अधिकार, पहिचान, सम्मान तथा समान सहभागिताको सुनिश्चितता अपरिहार्य रहेको उनीहरूको भनाइ छ ।

कार्यक्रममा कांग्रेस सचेतक निश्कल राईले आदिवासी जनजातिहरूको हक, अधिकारका लागि पार्टीले धेरै काम गरेको भन्दै आगामी दिनमा पनि अधिकार स्थापित गर्न लाग्ने प्रतिबद्धता जनाए ।

आदिवासी जनजातिको पहिचान र संस्कृतिलाई राज्यले बुझ्न नसकेको भन्दै उनले आदिवासी जनजाति नै क्रियाशील हुनुपर्ने बताए ।

त्यस्तै एमालेका सांसद क्षितिज थेबेले संविधान संशोधनको बहस अघि बढिरहेकाले संशोधन गर्ने क्रममा आदिवासी जनजातिहरूको हक, अधिकारमा जोड दिने बताए  ।

त्यस्तै अन्य दलका सांसदहरूले आदिवासी जनजातिहरूको हक, अधिकारसम्बन्धी महासंघको अडान जायज भएको भन्दै आदिवासी जनजातीको योगदानलाई सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ६ : ४४ बजे

बाढीका बेपत्ताका आफन्तले कुशको शव बनाएर गर्न थाले दाहसंस्कार

काठमाडौं– रसुवा बाढीमा परि बेपत्ता भएकाहरूका आफन्तहरूले कुशको शव बनाएर

रसुवाको टिमुरेदेखि घट्टे खोलासम्मको किनारमा भेटिए १०५ शव

काठमाडौं- गत बुधबारको भीषण बाढीका कारण सबैभन्दा ठूलो क्षति व्यहोरेको

नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने

काठमाडौं– नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशीको बाढीमा मृत्यु भएका नेपाली

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग

काठमाडौं– नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले रसुवाको भोटेकोशी बाढीबाट

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन