‘गरिबलाई गरिखाने वातावरण बनाउने गरी नीति कार्यक्रम ल्याइने’ « Khabarhub

‘गरिबलाई गरिखाने वातावरण बनाउने गरी नीति कार्यक्रम ल्याइने’


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गरिबलाई गरिखाने वातावरण बनाउने किसिमको ल्याइने बताएका छन् ।

आजदेखि सुरु भएको बागमती प्रदेशसभाको वर्षे अधिवेशनमा मुख्यमन्त्री बानियाँले गणतन्त्र गरिबको व्यवस्था भएकाले गरिबलाई गरिखाने किसिमको नीति, कार्यक्रम र बजेट ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। 

प्रदेश सरकारले गरिब, किसानको पक्षमा आगामी आर्थिक वर्ष २०८३-८४ को नीति, कार्यक्रम र बजेट ल्याउने उल्लेख गर्दै उनले कुनै दलको नभई सबै राजनीति दलको साझा नीति, कार्यक्रम र बजेट आउने बताए। 

प्रदेश सरकारका शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानीसम्बन्धी गौरवका आयोजनालाई आगामी वर्षमा प्राथमिकता दिने भन्दै मुख्यमन्त्री बानियाँले सुशासन प्रवर्द्धनका लागि प्रदेश सरकारले ठोस चालेको बताए। 

प्रदेश सरकार सहमति, सहकार्य र सहअस्तित्वको आधारमा सङ्घीय सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सङ्घीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए । 

सङ्घीय संसद्का सांसदहरूका स्वकीयहरुको सुविधा कटौती नहुने तर प्रदेशसभाका सांसदहरूको स्वकीय सुविधा कटौती हुनु विभेद भएको टिप्पणी गर्दै मुख्यमन्त्री बानियाँले सङ्घीय सांसदको सुविधा कायम रहे प्रदेश सांसदको स्वकीय सुविधा कायम गर्नुपर्ने बताए। 

पूर्वमुख्यमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले आफ्नो नेतृत्वको सरकारले अघि बढाएको प्रदेश गौरवका आयोजनालाई निरन्तरता दिनुपर्ने बताए। उनले जनताको आवश्यकताअनुसार नीति, कार्यक्रम र बजेट ल्याउन सुझाव दिए । 

प्रदेशसभाको सभामुख रिक्त भएको लामो समयसम्म चयन हुन नसकेकाले उनले तत्काल  चयन प्रक्रिया अघि बढाउन माग गरे। 

प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका उपनेता रामकृष्ण चित्रकार, प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवनकुमार पाठक, नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाइँ, हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले आ–आफ्नो धारणा राखेका थिए । 

यस्तै आजको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले सरकारको आगामी आर्थिक वर्ष २०८३-८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)को प्रस्ताव प्रस्तुत गरे। प्रदेशसभाको अर्को बैठक यही जेठ १२ गते बिहान ११ः०० बजे बस्नेछ । 
 

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ६ : ५७ बजे

इरान-अमेरिका वार्ता र रोक्का कोषबारे छलफल गर्न इरानी उच्च प्रतिनिधिमण्डल दोहामा

एजेन्सी– इरानका उच्चस्तरीय प्रतिनिधिमण्डल रोक्का गरिएको सम्पत्ति र अमेरिका–इरानबीच सम्भावित

एथलेटिक्स टोली हङकङ जाने

काठमाडौं– २२औँ यु–२० एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित

चौलागाईं दम्पतीको गोलभेडा खेती, वार्षिक ४० लाखसम्म आम्दानी

दोलखा– भीमेश्वर नगरपालिका–४ जिलुका रमेश चौलागाईं र उनकी पत्नी यशोदा

कम्बोडियाका हुन सेनद्वारा विपक्षी नेता सोखालाई आममाफी

कम्बोडिया – कम्बोडियाका कार्यवाहक राष्ट्र प्रमुख तथा पूर्व प्रधानमन्त्री हुन

किसानलाई दैनिक एक करोड भुक्तानी, बक्यौता क्रमश : तिर्दै डीडीसी

काठमाडौं– दुग्ध विकास संस्थान (डीडीसी) ले दैनिक करिब एक करोड