अण्डाको मूल्य फेरि बढ्यो « Khabarhub

अण्डाको मूल्य फेरि बढ्यो


११ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

चितवन – नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य सार्वजनिक गरेको छ । संघको बैठकले नयाँ मूल्य निर्धारण गर्ने निर्णय गरेको हो ।

संघले चितवनलाई आधार क्षेत्र मानेर नयाँ मूल्य तय गरेको जनाएको छ । निर्धारण गरिएको मूल्य जेठ १२ गतेदेखि लागू हुने संघका सचिव मदन पोखरेलले जानकारी दिएका छन् ।

नयाँ मूल्यसूची अनुसार एक्सएल अण्डाको प्रतिक्रेट मूल्य ५ सय ४५ रुपैयाँ कायम गरिएको छ । यस्तै ठूलो अण्डाको मूल्य ५ सय ३० रुपैयाँ तोकिएको छ भने मध्यम अण्डाको मूल्य ५ सय रुपैयाँ निर्धारण गरिएको छ । सानो अण्डाको प्रतिक्रेट मूल्य ४ सय रुपैयाँ कायम गरिएको संघले जनाएको छ ।

यसैगरी उपभोक्ताका लागि प्रतिगोटा अण्डाको खुद्रा मूल्य २५ रुपैयाँ तोकिएको छ । पछिल्लो समय उत्पादन लागत, दानाको मूल्य तथा बजार अवस्थालाई ध्यानमा राख्दै नयाँ मूल्य समायोजन गरिएको व्यवसायीहरूले बताएका छन् ।

संघले देशभरका सम्पूर्ण व्यवसायी तथा सरोकारवालाहरूलाई तोकिएकै मूल्यमा कारोबार गर्न अनुरोध गरेको छ । बजारमा अस्वाभाविक मूल्यवृद्धि नगर्न तथा उपभोक्तालाई सहज रूपमा अण्डा उपलब्ध गराउन पनि संघले आग्रह गरेको छ ।

पछिल्ला केही महिनायता अण्डाको मूल्यमा उतारचढाव देखिँदै आएको अवस्थामा संघले नयाँ समर्थन मूल्य तोकेपछि बजारमा केही स्थिरता आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ९ : ०७ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको