किशोर श्रेष्ठ प्रकरणमा प्रेस संगठन आक्रोशित, निष्पक्ष छानबिनको माग « Khabarhub

किशोर श्रेष्ठ प्रकरणमा प्रेस संगठन आक्रोशित, निष्पक्ष छानबिनको माग


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ पत्रकार किशोर श्रेष्ठसँग सम्बन्धित पछिल्लो घटनाप्रति पत्रकार सम्बद्ध संस्थाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै पत्रकारमाथि धम्की, निगरानी, दबाब र षड्यन्त्रपूर्ण गतिविधि भइरहेको भन्दै सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

प्रेस चौतारी नेपालले प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका पत्रकार श्रेष्ठमाथि राज्य संयन्त्रको दुरुपयोग गरेर धरपकडको तयारी, मानसिक दबाब र निगरानी भइरहेको दाबी गरेको छ । संगठनका महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्तिमा जनआस्था साप्ताहिक तथा जनआस्था डटकममा प्रकाशित समाचारलाई आधार बनाएर गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्रीको निर्देशनमा पत्रकार श्रेष्ठलाई लक्षित गरिएको आरोप लगाइएको छ ।

विज्ञप्तिमा समाचारको स्रोत खुलाउन बाध्य पार्ने प्रयासलाई अलोकतान्त्रिक र स्वतन्त्र प्रेसमाथिको प्रत्यक्ष हस्तक्षेपका रूपमा व्याख्या गरिएको छ । पत्रकार श्रेष्ठले आफूमाथि उठेका आरोपको निष्पक्ष छानबिनको माग गरिरहँदा उल्टै धम्की र दबाब बढ्नुले सरकारको नियतमाथि प्रश्न उठाएको चौतारीको भनाइ छ ।

त्यस्तै, प्रेस सेन्टर नेपालले पनि सामाजिक सञ्जाल र विभिन्न माध्यममार्फत पत्रकार श्रेष्ठ तथा उनी सम्पादक रहेको जनआस्था साप्ताहिकविरुद्ध दुष्प्रचार र षड्यन्त्र भइरहेको जनाएको छ । संगठनका महासचिव मनोज घर्तीमगरले जारी गरेको विज्ञप्तिमा श्रेष्ठले लामो समयदेखि खोजमूलक र जनपक्षीय पत्रकारिता गर्दै आएको उल्लेख गर्दै पछिल्ला घटनाले योजनाबद्ध षड्यन्त्रको संकेत गरेको दाबी गरिएको छ ।

प्रेस सेन्टरले विदेशी नम्बरबाट फोन आउने, जनआस्थाको कार्यालय परिसरमा मदिराको बोतल र नगद रकम छाडिने तथा समाचारका लागि आर्थिक प्रलोभन दिने प्रयास गरिनु गम्भीर विषय भएको उल्लेख गरेको छ । यस्ता गतिविधिले पत्रकारितामात्र होइन, नेपाल र छिमेकी मुलुकबीचको सम्बन्धमा समेत नकारात्मक असर पार्न सक्ने चेतावनी विज्ञप्तिमा दिइएको छ ।

दुवै संगठनले घटनाको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न माग गर्दै दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् । साथै संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र पत्रकारमाथिको धाकधम्की, प्रतिशोध तथा अनावश्यक हस्तक्षेप तत्काल रोक्न पनि उनीहरूले माग गरेका छन् ।

पत्रकार संगठनहरूले सञ्चारकर्मी, नागरिक समाज, मानवअधिकारकर्मी तथा लोकतन्त्रप्रेमी शक्तिहरूलाई प्रेस स्वतन्त्रताको पक्षमा एकजुट हुनसमेत आह्वान गरेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ९ : ३६ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा

किशोर श्रेष्ठ प्रकरणमा प्रेस संगठन आक्रोशित, निष्पक्ष छानबिनको माग

काठमाडौं – वरिष्ठ पत्रकार किशोर श्रेष्ठसँग सम्बन्धित पछिल्लो घटनाप्रति पत्रकार

अण्डाको मूल्य फेरि बढ्यो

चितवन – नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य