धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद « Khabarhub

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४ लाख बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक भीम बिष्टका अनुसार जिल्लाका सीमावर्ती तथा विभिन्न क्षेत्रमा सञ्चालन गरिएको विशेष निगरानी तथा जाँच अभियानका क्रममा सो सरसामान बरामद गरिएको हो ।

बरामद गरिएका सामग्रीमा कपडाजन्य वस्तु, किराना सामान तथा अन्य दैनिक उपभोग्य सामग्री रहेको जानकारी दिए । भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको आशंकामा ती सामग्री नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी र सम्बन्धित निकायको संयुक्त टोलीले विभिन्न स्थानमा छापा तथा निगरानी बढाएपछि अवैध रूपमा भित्र्याइएका सामग्री फेला परेको जनाइएको छ । बरामद गरिएका सामान आवश्यक कारबाही तथा राजस्व अनुसन्धानका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइने सशस्त्र प्रहरी उपरीक्षक बिष्टले जानकारी दिए ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  १० : ४० बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य