ह्याट्रिक गर्न चुके ब्राजिलका भिनिसियस जुनियर « Khabarhub

ह्याट्रिक गर्न चुके ब्राजिलका भिनिसियस जुनियर

ब्राजिल विश्वकप समूह सी’ को विजेता


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्टार फरवार्ड भिनिसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले ब्राजिल फिफा विश्वकप २०२६ को समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ३–० को सोझो गोलअन्तरले पराजित गर्दै ब्राजिल समूहको शीर्ष स्थानमा रहन सफल भएको हो ।

दुई गोल गरेका भिनिसियस यस पटक विश्वकपमा ह्याट्रिक गर्ने ब्राजिलियन खेलाडीको सूचीमा नाम चढाउनबाट भने चुके, जसका लागि ब्राजिलियन समर्थकले थप केही समय पर्खनुपर्ने भएको छ । यद्यपि, जारी प्रतियोगितामा उनको गोल संख्या चार पुगेको छ । उनी सर्वाधिक गोलकर्ताको दौडमा पाँच गोलसहित शीर्ष स्थानमा रहेका अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीभन्दा मात्र एक गोलले पछि छन् ।

ब्राजिललाई विश्वकपको नकआउट चरणमा पुर्‍याउन उत्कृष्ट प्रदर्शन गरेका रियल म्याड्रिडका स्टार फरवार्ड भिनिसियस जुनियर स्कटल्यान्डविरुद्धको खेलमा ‘प्लेयर अफ द म्याच’ चुनिए ।

खेलको सुरुवाती समयदेखि नै ब्राजिलको दबाबमा परेको स्कटल्यान्डले केही राम्रा अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन । खेल अवधिभर पूर्ण रूपमा निरीह देखिएको स्कटल्यान्ड शून्यका विरुद्ध तीन गोलले स्तब्ध बन्यो ।

यो पराजयसँगै समूह चरणबाटै बाहिरिने खतरामा परेको स्कटल्यान्डको अन्तिम ३२ (नकआउट चरण) मा पुग्ने सम्भावना अब अन्य समूहका खेलको नतिजामा निर्भर रहनेछ । तेस्रो स्थानमा रहने उत्कृष्ट टोलीहरूमध्ये पर्दै अघिल्लो चरण पुग्न स्कटल्यान्डले अब भाग्यको भरोसा गर्नुपर्नेछ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ६ : ०१ बजे

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम