आशिकाले भनिन्- महाधिवेशनबाट बुझेँ, दुःख पाउने त भुईँ मान्छे नै रहेछन् « Khabarhub

आशिकाले भनिन्- महाधिवेशनबाट बुझेँ, दुःख पाउने त भुईँ मान्छे नै रहेछन्


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद आशिका तामाङले पार्टीको महाधिवेशनको अनुभवबारे जुनसुकै पक्षमा पनि पीडा भोग्ने आम जनता नै हुने निष्कर्ष निकालेकी छन् ।

‘महाधिवेशनबाट मैले के बुझेँ भने दुःख पाउने त उही भुइँमान्छे जनता नै रहेछन्, जता पनि,’ उनले समाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

उनले ‘फागुन २१ जस्तै चुनाव हो, उही निर्वाचन आयोगजस्तो लागेको थियो’ भन्दै यसलाई लिएर मिडिया ट्रायल गर्नु आवश्यक नरहेको उल्लेख गरेकी छन्।

‘मेरो राजनीतिक जन्म भएको दुई महिना पनि पुगेको छैन। न मेरो बुबा राजनीतिज्ञ हुनुहुन्थ्यो, न आमा, न म स्वयं राजनीतिबाट आएको हुँ,’ उनले सामाजिक सञ्जालमा भनेकी छन्, ‘मान्छे सिक्दै र बुझ्दै जाने हो।’

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  १२ : ४९ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७