तरकारी उत्पादनमा दोब्बरले वृद्धि « Khabarhub

तरकारी उत्पादनमा दोब्बरले वृद्धि


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मलेखु (धादिङ)- आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको विस्तारसँगै धादिङको सिद्धलेक गाउँपालिका–७ पिपलटारमा तरकारी उत्पादन दोब्बरले वृद्धि भएको छ । परम्परागत खेती प्रणालीलाई त्याग्दै किसानले यहाँ वैज्ञानिक विधिको अवलम्बन गरेपछि तरकारी उत्पादनमा दोब्बरले वृद्धि भएको हो ।

विगतमा २०० किलो भण्टा उत्पादन हुने गरेको एउटै जग्गामा अहिले ४०० किलोसम्म फल्न थालेको अगुवा कृषक कृष्ण अधिकारीले बताए । अधिकारीले भने, “भण्टा र भिण्डी लगाउँदा गोडमेल गर्न र टिप्न सजिलो हुन्छ भनेर पहिले हामी पातलो गरी बोटहरू रोप्थ्यौँ । अहिले बिरुवा रोप्ने बेलैमा नापेर लगाउँछौँ । निश्चित दूरीमा धेरै बोटहरू भएपछि उत्पादन पनि धेरै हुने रहेछ ।”

खेतबारीमै प्राविधिक ज्ञान पाउन थालेपछि पिपलटारका कृषकहरू उत्पादन बढाउन सफल भएका हुन् । “पहिला खेती गर्ने सही तरिका र प्रविधि थाहा थिएन, अहिले प्राविधिकहरू खेतबारीमै आएर तरकारी लगाउने तरिकाहरु सिकाउनुहुन्छ, रोग कीराबारे जानकारी दिनुहुन्छ, उत्पादन पनि बढेको छ”, अधिकारीले भने । पिपलटारका किसानहरूले यसअघि तरकारीखेती नगरेका भने होइनन् । परम्परागत तरिकाले विभिन्न जातका तरकारी उत्पादन गरेर जेनतेन जीविकोपार्जन गरिरहेकै थिए ।

तर, विगत दुई वर्ष अघिदेखि खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फानसेप) ले किसानको खेतबारीमै पुगेर प्राविधिक सहयोग उपलब्ध गराउन थालेपछि उत्पादनसँगै आम्दानीमा वृद्धि भएको किसानले बताएका छन् । हाल यहाँका फाँटहरू घिरौँला, बोडी, भिण्डी, चिचिन्डो, लौका, करेला र भण्टा जस्ता मौसमी तथा बेमौसमी तरकारीले भरिभराउ छन् । पिपलटारसहित सिद्दलेक–७ मा करिब ५०० किसानले तरकारीखेती गरिरहेका छन् ।

अहिले यहाँका एक जना किसानले एकखेप तरकारी टिप्दा एक हजार किलोसम्म सङ्कलन गर्ने गरेका छन् । खेती गर्ने सही तरिका र विधि थाहा नहुँदा पहिले दुःख बढी र उत्पादन कम हुन्थ्यो, अहिले दुःख कम उत्पादन बढी भइरहेको स्थानीय कृषक सुनिता कोइराल बिसुन्केले बताइन् । पिपलटारमा उत्पादित तरकारीको सङ्कलन र बजारीकरणलाई व्यवस्थित गर्न खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फानसेप) र सिद्धलेक गाउँपालिकाको समन्वयमा स्थानीयस्तरमै तरकारी सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

गाउँमै सङ्कलन केन्द्र स्थापना भएपछि किसानहरूले उत्पादन गरेको तरकारी बिक्री गर्न सहज भएको छ । तरकारी व्यवसायमा फैलिएको बिचौलिया प्रथाबाट केही हदसम्म किसानले राहत पाएका छन् । तर, बजारको उतार चढावका कारण उत्पादित तरकारीले अझै उपयुक्त मूल्य पाउन नसकेको किसानहरूको गुनासो छ ।

तरकारी उत्पादनमा क्रान्ति नै आए पनि मूल्य निश्चित हुँदा कृषकहरू पूर्ण सन्तुष्ट छैनन् । बिसुन्के भन्छिन्, “पहिले परम्परागत तरिकाले बीउ राख्थ्यौँ र पुरानै शैलीले लगाउँथ्यौँ, उत्पादन निकै कम हुन्थ्यो । अहिले प्रविधिले उत्पादन त बढाएको छ तर आम्दानी भने अझै सोचेजस्तो हुन सकेको छैन ।”

यहाँका किसान तरकारीखेती मै आश्रित छन् । वडा नम्बर ७ का झण्डै आधा घरपरिवारको प्रमुख आर्थिक स्रोत नै तरकारी व्यवसाय हो । उत्पादनको परिमाण र गुणस्तर सुधारमा सकारात्मक परिवर्तन आएसँगै सरकारले बजारको सुनिश्चित गरेर उचित मूल्य किसानले पाउँदा राहत हुने अगुवा किसान सीता गिरीले बताइन् ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ३ : १८ बजे

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,

लियोनल मेस्सीले लिए अर्जेन्टिनाकाे राष्ट्रिय टोलीबाट संन्यास

काठमाडौं – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट