कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित « Khabarhub

कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा सामुदायिक कुकुरले टोकेर बाख्रा मर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् । पछिल्लो १० दिनयता बरङ्जामा कुकुरले टोकेर तीन वटा बाख्रा मरेका छन् भने छ वटा घाइते भएका छन् ।

दैनिकजसो कुकुरले टोकेर बाख्रा मार्ने र घाइते बनाउन थालेको मङ्गला गाउँपालिका(३ का कार्यवाहक वडाध्यक्ष भेषकुमारी पुनले बताए । ‘पिङ्गे, खर्क, आलडाँडा, बाहुनपँधेरा, वडा कार्यालय, खर्सुपानी क्षेत्रमा सामुदायिक कुकरले आतङ्क सिर्जना गरेको छ’, उनले भने, ‘आतङ्क फैलाउने कुकुर पहिचान गरी नियन्त्रणका लागि गाउँपालिका र सिंगा तातोपानी प्रहरी चौकीको सहयोग मागेका छौँ ।’

वडा कार्यालयमा रहेका पशु स्वास्थ्य प्राविधिकलाई कुकुरले टोकेर घाइते भएका बाख्राको उपचारका लागि भ्याइनभ्याइ भएको कार्यवाहक वडाध्यक्ष पुनले बताए । उनका अनुसार पिङ्गेका टेकबहादुर थापाका दुई वटा र भीमबहादुर रोकाको एउटा बाख्रा कुकुरले टोकेर मरेका छन् ।

वडाध्यक्ष पुनका अनुसार खर्सुपानीमा दुई, खर्कमा दुई, वडा कार्यालय नजिकै एउटा र बाहुनपँधेरामा एउटा बाख्रा कुकुरले टोकेर घाइते भएका छन् । स्थानीय कृषक गङ्गाधर आचार्यका अनुसार तीन वटा कुकुर घरमा किसान नभएको मौका छोपेर गोठमा आउने गरेका छन् ।

कुकुर आतङ्कका कारण बरङ्जावासीमा त्रास सिर्जना भएको स्थानीय महेन्द्ररत्न माविका प्रअ कृष्णलाल सापकोटाले बताए । बरङ्जाका सबै टोलमा सार्वजनिक सूचना जारी गरेर घरपालुवा कुकुरलाई सम्बन्धित घरधनीले बाँधेर राख्ने र झारा लगाएर खोजी आतङ्क फैलाउने कुकुरलाई नियन्त्रणमा लिन गाउँपालिका र सुरक्षा निकायसँग सहयोग मागिएको कार्यवाहक वडाध्यक्ष पुनले जानकारी दिए ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ८ : १३ बजे

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर