लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी « Khabarhub

लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

मियामी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र रोड्रिगो डि पोलले यस वर्षको मेजर लिग सकर (एमएलएस) अल-स्टार गेम नखेल्ने भएका छन् । भर्खरै सम्पन्न फिफा विश्वकपमा अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याउने क्रममा परेको कार्यभारलाई ध्यानमा राख्दै एमएलएसले दुवै खेलाडीलाई यस खेलबाट विश्राम दिएको हो ।

योसँगै मेसीले लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार टिममा सूचीकृत भएर पनि मैदान उत्रिन नपाउने भएका छन् । सन् २०२४ र २०२५ पछि यो लगातार तेस्रो संस्करण हो, जसमा छनोट भएर पनि उनले खेल गुमाएका छन् ।

मेजर लिग सकर र एमएलएस प्लेयर्स एसोसिएसन (एमएलएसपीए) बीच ठूला अन्तर्राष्ट्रिय प्रतियोगितापछि खेलाडीको विश्रामबारे भएको पूर्वसहमतिअनुसार उनीहरूलाई टोलीबाट छुट दिइएको हो । इन्टर मियामीका टोली साथी डि पोल र मेसीलाई विश्राम दिइएपछि लिगले उनीहरूको स्थानमा अन्य खेलाडीलाई टोलीमा समावेश गरेको छ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ६ : १८ बजे

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै

बाढीपहिरोले प्रभावित म्याग्दीको प्रसारण लाइन मर्मत सुरु

म्याग्दी– बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र