लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी « Khabarhub

लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

मियामी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र रोड्रिगो डि पोलले यस वर्षको मेजर लिग सकर (एमएलएस) अल-स्टार गेम नखेल्ने भएका छन् । भर्खरै सम्पन्न फिफा विश्वकपमा अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याउने क्रममा परेको कार्यभारलाई ध्यानमा राख्दै एमएलएसले दुवै खेलाडीलाई यस खेलबाट विश्राम दिएको हो ।

योसँगै मेसीले लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार टिममा सूचीकृत भएर पनि मैदान उत्रिन नपाउने भएका छन् । सन् २०२४ र २०२५ पछि यो लगातार तेस्रो संस्करण हो, जसमा छनोट भएर पनि उनले खेल गुमाएका छन् ।

मेजर लिग सकर र एमएलएस प्लेयर्स एसोसिएसन (एमएलएसपीए) बीच ठूला अन्तर्राष्ट्रिय प्रतियोगितापछि खेलाडीको विश्रामबारे भएको पूर्वसहमतिअनुसार उनीहरूलाई टोलीबाट छुट दिइएको हो । इन्टर मियामीका टोली साथी डि पोल र मेसीलाई विश्राम दिइएपछि लिगले उनीहरूको स्थानमा अन्य खेलाडीलाई टोलीमा समावेश गरेको छ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ६ : १८ बजे

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका