काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने « Khabarhub

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार दिउँसो १ बजे इस्लामावादस्थित लियाकत व्यायामशालामा हुनेछ । नेपालले आज चौथो खेल खेल्न लागेको हो ।

यसअघिका तीन खेलमा लगातार हार बेहोरेको नेपाल पहिलो जितको खोजिमा रहेको छ । सेमिफाइलनको सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्ने पर्ने दबाब रहेको छ ।

यसअघिका खेलमा नेपाल काजकिस्तान, श्रीलङ्का र पाकिस्तानसँग पराजित भएको थियो । नेपालले पहिलो चरणको अन्तिम खेल सोमबार उज्वेकिस्तानसँग खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, काजकिस्तान, श्रीलङ्का, बङ्गलादेश र उज्वेकिस्तान गरी ६ टोली सहभागी छन् ।

सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ८ : २० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको