कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ? « Khabarhub

कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ?



काठमाडौँ- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र मोदीको एकाधिकार र दबदबा जस्तै थियो । तर, पछिल्ला समय भारतीय राजनीतिले अप्रत्यासित मोड लिएको छ । नीट-यूजी परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनालाई लिएर युवाहरूले सामाजिक सञ्जालबाट सुरु गरेको ‘कक्रोच जनता पार्टी’ (सीजीपी) को आन्दोलनले मोदीलाई गलाएको छ ।

राजधानी दिल्लीसहित बिहार, महाराष्ट्र, केरलाजस्ता राज्यमा युवाहरु सडकमा उत्रिएसँगै अन्ततः सरकार झुक्न बाध्य भयो, शिक्षामन्त्री प्रधानले राजीनामा दिए । उनको राजीनामालाई आन्दोलनकारी युवाहरूले ठूलो जितका रुपमा लिएका छन् । तर, अब प्रश्न उठ्छ यो राजीनामापछि भारतीय राजनीति कुन दिशातर्फ मोडिएला ?

दक्षिणपन्थी मानिने भारतीय जनता पार्टीले सन् २०१४ मा सत्ता सम्हालेयता भारतका राजनीतिक मुद्दाहरू प्रायः धार्मिक विषयमा केन्द्रित रहँदै आएका थिए । अयोध्याको राम मन्दिर निर्माण, हिन्दू मुस्लिम ध्रुवीकरण, मुसलमानबहुल जम्मु कश्मीरको पुनर्संरचना, लभ जिहादजस्ता मुद्दा भारतको राजीनामा बहसका विषय हुन्थे । यसको लाभ पनि सत्तारूढ भाजपालाई नै पुग्ने गरेको थियो ।

तर, यसपटकको युवा आन्दोलनले भारतको राजनीतिलाई फरक धरातलमा उभ्याइदिएको छ । विश्लेषकहरुले परीक्षाको प्रश्नपत्र लिक हुनुलाई आन्दोलनको प्रमुख कारण मानेपनि यसका पछाडि युवा बेरोजगारी, भविष्यप्रतिको अन्योल र प्रविधिको विकाससँगै रोजगारी गुम्ने डर मुख्य कारण देखिन्छ ।

समाचार संस्था रोयटर्सका अनुसार भारतमा १८ देखि ४० वर्ष उमेर समूहका युवाहरुको संख्या ४० प्रतिशत छ । तर राजनीतिको केन्द्रमा भने उनीहरुको प्रतिनिधित्व ज्यादै न्यून छ । यसले गर्दा युवा पुस्ता र पाका नेताहरूबीचको दूरी झन् फराकिलो हुँदै गएको पाइन्छ ।

यो आन्दोलनले सामाजिक सञ्जालको शक्ति र राजनीतिक सन्देश सम्प्रेषणको शैलीलाई पनि बदलेको छ । वर्षौँदेखि एक्स (ट्विटर), ह्वाट्सएप र फेसबुकमा दबदबा बनाएको भाजपा इन्स्टाग्रामजस्तो युवा पुस्तामाझ लोकप्रिय सामाजिक सञ्जालमा भने पछि परेको देखियो । कक्रोच जनता पार्टी पनि इन्स्टाग्राममार्फत् नै उदाएको थियो ।

स्थापनाको छोटो समयमै यो पार्टीले करोडौँ फलोअर्स बटुल्न सफल भयो । औपचारिक र बनावटी भाषणभन्दा पनि युवाहरूले आफ्नो भाषा र शैली बुझ्ने नेतृत्व खोजिरहेको यो घटनाले स्पष्ट पारेको छ । शायद यही मनन गरेर आन्दोलनको उत्कर्षका बेला प्रधानमन्त्री मोदीले युवालाई लक्षित गरी इन्स्टाग्राममार्फत् सेल्फी भिडियोमार्फत् सन्देश प्रवाह गरेका थिए ।

शिक्षामन्त्रीको राजीनामापछि अबको सबैभन्दा ठूलो चासो चाहिँ युवा लहर राजनीतिक माहौलमा परिणत हुन्छ कि हुँदैन भन्ने नै हो । कक्रोच जनता पार्टीले अहिलेसम्म चुनावमा जानेबारे औपचारिक निर्णय गरिसकेको छैन । भारतीय राजनीतिमा आफ्नो अस्तित्व गुमाउँदै गएका कांग्रेस, समाजवादी पार्टी आम आदमी पार्टीजस्ता परम्परागत विपक्षी दलहरु पनि यो आन्दोलनको रापतापलाई आफ्नो पक्षमा पार्ने मौका कुरेर बसिरहेका छन् ।

बिहार, केरला, तामिल नाडु, असम, पश्चिम बङ्गालजस्ता राज्यमा विधानसभा चुनाव यसैवर्ष सकिसकेकाले भारतमा तत्काल राज्यस्तरको निर्वाचन हुने अवस्था छैन । तर, भारतमा अर्को वर्ष उत्तर प्रदेश, गुजरात र पञ्जाबजस्ता प्रभावशाली राज्यहरूमा विधानसभा निर्वाचन हुँदैछ । ती चुनावमा ककरोच जनता पार्टी खडा हुन्छ कि हुँदैन ? खडा भए केकस्तो प्रदर्शन गर्छ भन्ने कुरा पनि चासोकै विषय छ ।

हुन त दक्षिण भारतको प्रगतिशील राज्य मानिने तामिल नाडुमा गैर राजनीतिक पृष्ठभूमिबाट आएका युवा अभिनेता चन्द्रशेखरण् ‘थलपति’ जोसेफ विजयको अप्रत्याशीत जितलाई पनि ककरोच पार्टीले राम्रोसँग नियालिरहेको हुनुपर्छ । यसअनुसार यो आन्दोलनको रापताप कायमै रहे सन् २०२९ को आम निर्वाचनसम्म संगठित दलको रूपमा अगाडि बढेमा, त्यसले मोदी र भाजपाका लागि अहिलेसम्मकै ठूलो चुनौती खडा गर्न सक्छ ।

जे होस्, तत्कालका लागि यो आन्दोलन मन्थर भएको छ, तर यसले भारतीय राजनीतिमा परिवर्तनको सङ्केत दिएको छ । अब भारतीय राजनीतिमा रोजगारी, गुणस्तरीय शिक्षा र डिजिटल भविष्यजस्ता युवाहरुका वास्तविक मुद्दाले प्राथमिकता पाउने अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ८ : ०९ बजे

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको