भारतले जिम्बाब्वेलाई दियो १९३ रनको लक्ष्य « Khabarhub

भारतले जिम्बाब्वेलाई दियो १९३ रनको लक्ष्य


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा ब्याटर वैभव सूर्यवंशीको उत्कृष्ट ८१ रनको इनिङ्सको मद्दतमा भारतले जिम्बाब्वेविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रियमा १९३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

हरारेमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९२ रन बनायो ।भारतका लागि वैभव सूर्यवंशीले ४९ बलमा ८ चौका र ४ छक्काको सहयोगमा ८१ रनको शानदार इनिङ्स खेले । ईशान किशनले २९ रन तथा कप्तान श्रेयस अय्यरले २७ रनको योगदान दिए। तिलक वर्मा ११ रनमा अविजित रहे ।

भारतको सुरुआत भने राम्रो हुन सकेन । ओपनर अभिषेक शर्मा केवल २ रन बनाएर आउट भएपछि टोली दबाबमा परेको थियो। त्यसपछि वैभव सूर्यवंशी र ईशान किशनले दोस्रो विकेटका लागि ७५ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले ।

ईशान आउट भएपछि पनि वैभवले कप्तान श्रेयस अय्यरसँग तेस्रो विकेटका लागि ५० रनको महत्वपूर्ण साझेदारी गरे । उनले ३१ बलमै अर्धशतक पूरा गर्दै जिम्बाब्वेका बलरमाथि दबाब बनाए ।

भारतले दिएको १९३ रनको लक्ष्य पछ्याइरहेको जिम्बाब्वेले १८।४ ओभरसम्म ६ विकेट गुमाएर १४५ रन बनाएको छ । क्रिजमा रायन बर्ल र ब्राड इभान्स रहेका छन् र टोलीलाई जितका लागि अझै ४८ रन आवश्यक छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ८ : २२ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण