भारतले जिम्बाब्वेलाई दियो १९३ रनको लक्ष्य « Khabarhub

भारतले जिम्बाब्वेलाई दियो १९३ रनको लक्ष्य


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा ब्याटर वैभव सूर्यवंशीको उत्कृष्ट ८१ रनको इनिङ्सको मद्दतमा भारतले जिम्बाब्वेविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रियमा १९३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

हरारेमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९२ रन बनायो ।भारतका लागि वैभव सूर्यवंशीले ४९ बलमा ८ चौका र ४ छक्काको सहयोगमा ८१ रनको शानदार इनिङ्स खेले । ईशान किशनले २९ रन तथा कप्तान श्रेयस अय्यरले २७ रनको योगदान दिए। तिलक वर्मा ११ रनमा अविजित रहे ।

भारतको सुरुआत भने राम्रो हुन सकेन । ओपनर अभिषेक शर्मा केवल २ रन बनाएर आउट भएपछि टोली दबाबमा परेको थियो। त्यसपछि वैभव सूर्यवंशी र ईशान किशनले दोस्रो विकेटका लागि ७५ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले ।

ईशान आउट भएपछि पनि वैभवले कप्तान श्रेयस अय्यरसँग तेस्रो विकेटका लागि ५० रनको महत्वपूर्ण साझेदारी गरे । उनले ३१ बलमै अर्धशतक पूरा गर्दै जिम्बाब्वेका बलरमाथि दबाब बनाए ।

भारतले दिएको १९३ रनको लक्ष्य पछ्याइरहेको जिम्बाब्वेले १८।४ ओभरसम्म ६ विकेट गुमाएर १४५ रन बनाएको छ । क्रिजमा रायन बर्ल र ब्राड इभान्स रहेका छन् र टोलीलाई जितका लागि अझै ४८ रन आवश्यक छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ८ : २२ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।