चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने « Khabarhub

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन यादव आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक शृङ्खलाका बाँकी खेलहरू नखेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार आधिकारिक जानकारी दिँदै ह्यामस्ट्रिङ चोटका कारण नन्दनले शृङ्खलाका बाँकी खेल खेल्न नसक्ने जनाएको हो ।

नन्दनले नामिबियाविरुद्धको पहिलो खेलमा बलिङ गर्ने क्रममा ह्यामस्ट्रिङमा समस्या महसुस गरेका थिए । उनले पहिलो ओभरदेखि नै असहज अनुभव गरेका थिए भने मैदानमै टोलीका फिजियोले उनको उपचारसमेत गरेका थिए । चोटका बाबजुद उनले खेल पूरा गर्ने प्रयास गरे पनि अवस्था सुधार नभएपछि दोस्रो खेल गुमाउनुपरेको थियो ।

नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा नन्दनको स्थानमा बाँयाहाते स्पिनर ललित राजवंशीलाई टोलीमा समावेश गरिएको थियो । क्यानले नन्दनको स्थानमा टोलीमा समावेश गरिने खेलाडीको औपचारिक घोषणा भने गरिसकेको छैन। यद्यपि, रिजर्भ खेलाडीका रूपमा टोलीसँग रहेका तीव्र गतिका बलर हेमन्त धामीले उनको स्थान लिने सम्भावना बलियो देखिएको छ।

हेमन्तले नेदरल्यान्ड्स प्रस्थानअघि जर्सीमा आयोजित अभ्यास खेलमा प्रभावशाली प्रदर्शन गरेका थिए। उनको गति र नियन्त्रणबाट प्रशिक्षक टोली प्रभावित भएको बताइन्छ। त्यसैले बाँकी खेलका लागि उनी नै मुख्य विकल्प बन्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ९ : ३३ बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु