बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि « Khabarhub

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले पाटेबाघसहित अन्य वन्यजन्तु अवलोकनका लागि गत आर्थिक वर्ष २०८२/८३ मा एक हजार ४६६ जना पर्यटक यहाँ आएका जानकारी दिए ।

उनले अघिल्लो आव २०८१/८२ मा ६२० जना पर्यटकले मात्र अवलोकन गरेकामा आव २०८०/८१ मा ४४४ जना पर्यटकले निकुञ्जको अवलोकन गरेका उल्लेख गरे । ‘पर्यटकको आगमन बढ्नु यस क्षेत्रको अर्थतन्त्र चलायमान हुनु हो । तर, सरोकार भएका निकायले पर्यटन प्रवर्द्धनमा योजना बनाई प्रभावकारी कार्यान्वयन गरेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन अझै बढ्न सक्छ’, उनले भने ।

प्रमुख संरक्षण अधिकृत कँडेलले निकुञ्जमा पर्यटकको सङ्ख्या चार हजार पुर्याउने लक्ष्य लिइएको उल्लेख गर्दै अर्को वर्षमा लक्ष्य हासिल हुने दाबी गरे । निकुञ्जभित्र पर्या–पर्यटनको प्रचुर सम्भावना भएका कारण आन्तरिक तथा बाह्य पर्यटकले मनोरञ्जनका लागि भरपुर लाभ लिनसक्ने औँल्याउँदै उहाँले ‘इकोलोजिकल टुरिजम’मा जोड दिइएको बताए ।

पर्यटनका लागि होमस्टे (घरबास) तथा होटल व्यवसायीमा लगानी बढाउन आग्रह गर्दै कँडेलले बाँके र बर्दिया कम्प्लेक्स प्रमुख ‘टाइगर कन्जरभेसन युनिट’ भएको जानकारी दिए। वातावरण तथा ग्रामीण विकास केन्द्र, बाँकेका प्रमुख धर्म रोकायले सबै सरोकार भएका निकायको पहलबाट पर्यटन प्रवर्द्धन गर्न सम्भव भएको उल्लेख गर्दै उनले पर्यटन प्रवर्द्धन सबैको साझा दायित्व भएकाले आपसी सहकार्य र समन्वयमार्फत पूर्वाधार विकास र प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।

पर्यटन व्यवसायी देवानन्द अर्यालले निकुञ्जमा पर्यटन भित्र्याउन विशेष प्याकेजसहित भ्रमण बर्ष घोषणा गर्न आग्रह गर्दै पर्यटकलाई कम्तीमा ५० प्रतिशत छुट दिन आग्रह गरे । बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सुरेश चौधरीले बाँके निकुञ्जलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा चिनाउन प्रचारप्रसार र पर्यटनसम्बन्धी गतिविधि बढाउनुपर्नेमा जोड दिए ।

बाँके निकुञ्जमा अहिले २५ वटा वयस्क पाटेबाघसहित चितुवा र अन्य वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको छ । यहाँ ३४ प्रजातिका स्तनधारी, २७६ प्रजातिका चरा, २४ प्रजातिका सरिसृप, नौ प्रजातिका उभयचर र ५५ प्रजातिका माछा गरी कुल ४२२ प्रजातिका प्राणी पाइन्छन् । विसं २०६७ असार २८ गते स्थापित यो निकुञ्ज नेपालगन्ज विमानस्थलबाट करिब १६ किलोमिटरको दूरीमा रहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  १० : ५० बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन