रसुवाको बाढीबारे चीन गम्भीर : उद्धारमा जुट्न राष्ट्रपति सी र प्रधानमन्त्री ली छ्याङको निर्देशन « Khabarhub

रसुवाको बाढीबारे चीन गम्भीर : उद्धारमा जुट्न राष्ट्रपति सी र प्रधानमन्त्री ली छ्याङको निर्देशन


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको उत्तरी छिमेकी चीनले पनि रसुवा र केरुङ क्षेत्रको बाढीपहिरोको अवस्थाप्रति चासो देखाएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले विपद्पछि उद्धार, राहत तथा जोखिम न्यूनीकरणका लागि निर्देशन दिएका छन्।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार अगस्ट २६ को बिहान करिब १०ः३० बजे सिचाङ (तिब्बत) को शिगात्से शहरअन्तर्गत केरोङ काउन्टीको केरुङ बन्दरगाह क्षेत्रमा नेपालतर्फ पहिरो गएको थियो। 

घटनापछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङले अवस्थालाई गम्भीरतापूर्वक लिँदै महत्वपूर्ण निर्देशन दिएका हुन्।

सीले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्न, जोखिममा रहेका मानिसलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण तथा पुनर्स्थापना गर्न र घाइतेहरूको तत्काल उपचार गरी मानवीय क्षति कम गर्न सक्दो प्रयास गर्न निर्देशन दिएका छन्।

उनले विपद्को निरन्तर निगरानी तथा प्रारम्भिक चेतावनी प्रणालीलाई बलियो बनाउन, वैज्ञानिक ढंगले उद्धार कार्य सञ्चालन गर्न तथा थप विपद् हुन नदिन आवश्यक सावधानी अपनाउन पनि जोड दिएका छन्।

सीले चीन अहिले बाढी नियन्त्रणका लागि महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै सबै क्षेत्र र सम्बन्धित निकायलाई बाढी तथा आँधीबेहरी रोकथामका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्। 

यसका साथै विभिन्न जोखिम तथा लुकेका खतराको पहिचान र न्यूनीकरणलाई तीव्र बनाउन तथा ठूला विपद् र दुर्घटना रोक्न उनले जोड दिएका छन्।

प्रधानमन्त्री ली छ्याङ पनि बोले

चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि केरुङ क्षेत्रमा भएको बाढीपहिरोपछि बेपत्ता व्यक्ति र विपद् प्रभावितको संख्या तत्काल यकिन गर्न निर्देशन दिएका छन्।

सिन्ह्वाका अनुसार लीले उद्धार तथा राहत कार्यका लागि आवश्यक जनशक्ति परिचालन गर्न र जोखिममा रहेका मानिसहरूलाई तत्काल तथा व्यवस्थित रूपमा सुरक्षित स्थानमा सार्न निर्देशन दिएका छन्। 

उनले उद्धारमा वैज्ञानिक विधि अपनाउन र थप विपद् रोकथाममा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

लीले चिनियाँ विदेश मन्त्रालयलाई नेपालसँग सञ्चार तथा समन्वयलाई बलियो बनाउन र अवस्थाबारे तत्काल जानकारी गराउन निर्देशन दिएका छन्। ।

उद्धार तथा विपद् व्यवस्थापनका कामलाई संयुक्त रूपमा उचित ढंगले अघि बढाउनुपर्ने उनको भनाइ छ।

चीनमा अहिले पनि बाढीको मुख्य मौसम चलिरहेको उल्लेख गर्दै लीले राज्य बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयलगायत सम्बन्धित निकायलाई सबै क्षेत्रका विपद् जोखिम र लुकेका खतराको व्यापक अनुसन्धान गर्न निर्देशन दिएका छन्।

उनले सम्भावित जोखिमको निगरानी तथा प्रारम्भिक चेतावनी प्रणालीलाई थप सुदृढ बनाउन र जनताको जीवन सुरक्षाका लागि जोखिम न्यूनीकरण तथा सुरक्षित रहने उपाय प्रभावकारी रूपमा लागू गर्न पनि जोड दिएका छन्।

नेपालतर्फ रसुवामा बाढीको जोखिम कायमै रहेको अवस्थामा चीनको केरुङतर्फबाट समेत उच्च तहमा विपद्बारे निर्देशन जारी हुनुलाई घटनाको गम्भीरताका रूपमा हेरिएको छ।

रसुवामा बाढीको जोखिम अझै कायमै रहेको नेपालस्थित बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि रसुवामा बाढी पुनः आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  २ : ११ बजे

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने