प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण « Khabarhub

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो भन्दा छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनीहरूले बाढीका कारण रसुवा र नुवाकोटमा हजारौ नागरिकलाई उद्धारको खाँचो रहेको भन्दै छिटो भन्दा छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा नुवाकोटका सांसद अर्जुन नरसिंह केसीले विपद् प्रभावित क्षेत्रमा युद्धस्तरमा उद्धार र एकीकृत राहत प्याकेज ल्याउन सरकारसँग माग गरे । 

उनले बाढीपहिरोले रसुवा, नुवाकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको भन्दै सरकारलाई सम्पूर्ण विवाद थाती राखेर उद्धार, राहत र पुनर्स्थापनामा युद्धस्तरमा खटिन आग्रह गरे । 

बेपत्ता नागरिकहरूको खोजी र ऐतिहासिक बजारहरूको पुनर्निर्माणका लागि तत्काल एकीकृत प्याकेज घोषणा गर्न समेत उनले माग गरे ।

त्यस्तै रसुवाका सांसद मोहन आचार्यले प्रारम्भिक अनुमानमै ठूलो संख्यामा मानवीय क्षति भएको र यो शताब्दीकै ठूलो विपत्तिजस्तो देखिएकाले सरकारले यसलाई तत्काल ‘राष्ट्रिय विपद्’ घोषणा गरी उद्धार र राहतमा लाग्नुपर्ने बताए । 

बाढीका कारण सडक सञ्जाल विच्छेद भएकाले उद्धारका लागि हेलिकप्टर बाहेक विकल्प नरहेको भन्दै उनले उपलब्ध सम्पूर्ण हेलिकप्टरहरू तत्काल रसुवा पठाएर घाइते तथा अलपत्र नागरिकको उद्धार गर्न माग गरे ।

त्यस्तै सांसद वसुमाया तामाङले हेलिकप्टरसहितका टोली पूर्ण क्षमतामा परिचालन गरी सम्पर्कविहीन नागरिक तथा सुरक्षाकर्मीहरूको अविलम्ब खोजी र उद्धार गर्न माग गरिन् । 

घरबारविहीन हजारौँ पीडितहरूका लागि निःशुल्क खानपिन, अस्थायी बसोबास र घाइतेहरूको तत्काल निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने उनले बताइन् । 

उनले जनधन तथा पूर्वाधारको क्षति मूल्याङ्कन गर्न उच्चस्तरीय टोली गठन गरी दीर्घकालीन पुनस्र्थापना र उचित क्षतिपूर्ति प्याकेज घोषणा गर्न समेत माग गरिन्।

त्यस्तै अन्य सांसदहरुले पनि स्थानीय प्रशासनसँग समन्वय गरी उद्धारमा जुट्न र जोखिमयुक्त यात्रा तत्काल रोक्न आग्रह गरेका छन् । 

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  २ : ४७ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी