भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी आसपास उच्च सतर्कता अपनाउन आग्रह « Khabarhub

भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी आसपास उच्च सतर्कता अपनाउन आग्रह


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढी नारायणी नदी हुँदै देवघाट पुगेको छ।

बाढी पूर्वानुमान महाशाखाले बुधबार दिउँसो ३ः२० बजे ‘हाई अलर्ट’ जारी गर्दै नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार भोटेकोशीमा आएको बाढी हाल नारायणी नदीको देवघाट क्षेत्रमा पुगेको र जलसतह बढ्दो क्रममा रहेको छ।

महाशाखाले नदी छेउछाउका बस्ती तथा बजार क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।

‘रसुवा भोटेकोशीमा आएको बाढी हाल नारायणी देवघाट पुगेको र बढ्दो क्रममा रहेकोले नदी छेउछाउका बस्ती, बजार क्षेत्रमा उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा भनिएको छ।

यसअघि भोटेकोशीमा आएको बाढीले रसुवाका टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। बाढी त्रिशूली हुँदै मलेखु, मुग्लिन पार गरेर नारायणी नदीतर्फ पुगेको हो।

महाशाखाले नारायणी नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा रहेका नागरिकलाई सम्भावित जोखिमलाई ध्यान दिँदै सतर्क रहन तथा सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ३ : ४२ बजे

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने