प्रधानमन्त्री बालेनलाई मार्ने धम्की दिएको आरोपमा एक युवक समातिए « Khabarhub

प्रधानमन्त्री बालेनलाई मार्ने धम्की दिएको आरोपमा एक युवक समातिए


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री वालेन्द्र शाहलाई मार्ने धम्की दिएको आरोपमा एकजना युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–९ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएका २३ वर्षीय पुष्कर दाहाल छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दाहाललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि साइबर ब्यूरो पठाइएको प्रहरीले जनाएको छ।

दाहालले इन्स्टाग्राममा स्टाटस लेख्दै प्रधानमन्त्री शाहलाई आगामी भदौ २३ गते ‘सिद्याइदिने’ भनी धम्की दिएका थिए। त्यही पोस्टमा उनले नेपाल प्रहरीलाई समेत ट्याग गर्दै गालीगलौज गरेका थिए।

प्रहरीका अनुसार पक्राउ परेका दाहाल कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा आबद्ध छन्। सामाजिक सञ्जालको दुरुपयोग गरी धम्कीपूर्ण अभिव्यक्ति र सुरक्षा निकायलाई पनि चुनौती दिएकोबारे साइबर ब्यूरोले अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ४ : ५० बजे

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग