संसदमा परराष्ट्रमन्त्रीले भने : बाढीपछि उद्धारमा १३ हेलिकप्टर परिचालन गरेका छौँ « Khabarhub

संसदमा परराष्ट्रमन्त्रीले भने : बाढीपछि उद्धारमा १३ हेलिकप्टर परिचालन गरेका छौँ


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले तिब्बतबाट नेपालतर्फ आएको बाढीबाट प्रभावितको खोज तथा उद्धारका लागि रसुवा र नुवाकोटमा नेपाली सेना र निजी क्षेत्रका १३ वटा हेलिकप्टर परिचालन गरेको जनाएको छ ।  

बुधबार प्रतिनिधिसभा बैठकमा खोज तथा उद्धारका लागि भएका कामका बारे जानकारी गराउँदै परराष्ट्रमन्त्री शिशिर खनालले प्रभावकारी रुपमा खोज तथा उद्धारका लागि सरकार गम्भीर रहेको भन्दै नेपाली सेना र निजी क्षेत्रका १३ वटा हेलिकप्टर परिचालन गरेको जानकारी दिएका हुन् । 

रसुवा त्रिशूलीलगायत प्रहरी चौकीमा कार्यरत २६ जना प्रहरी र सशस्त्र प्रहरी तर्फका ९ जना र नेपाल सेनाकासहित  ४४ जना सम्पर्कविहीन रहेको उनले बताए । 

साथै रसुवागढी भन्सार, अध्यागमन कार्यलगायत केही कर्मचारीहरू समेत हालसम्म सम्पर्कमा नरहेको उनले बताए ।

मन्त्री खनालले प्रभावित क्षेत्रमा हालसम्म नौ जनाको शव फेला परेको र सनाखत हुन बाँकी अवस्था रहेको जानकारी दिए । 

उनका अनुसार उद्धार गरिएका घाइते नागरिकको उपचारको लागि नुवाकोटस्थित जिल्ला अस्पतालमा नेपाली सेनाका १५, नेपाल प्रहरीका १२ र सशस्त्र प्रहरी बलका १५ जना थप चिकित्सकसहितको स्वास्थ्य टोलि पठाइएको छ । 

मन्त्री खनालले रसुवा र नुवाकोट जिल्लाको जिल्ला विपद् व्यवस्थापन कोषमा एक करोड र धादिङ जिल्लाका लागि ५० लाख थप निकासा बताए  ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ५ : १८ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा