विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण « Khabarhub

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम उपयोग गरी विपद्मा नागरिकको जीवन रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।  

बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले बेपत्ता नागरिकहरूको शीघ्राशीघ्र खोज कार्य गर्न, घाइतेहरूको उचित स्वास्थ्य उपचारको व्यवस्था मिलाउनका साथै विपद् प्रभावित क्षेत्रका मानिसहरूको अस्थायी बसोबासको बन्दोबस्त गर्न सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम उपयोग गरी विपद्मा नागरिकको जीवन रक्षा गर्न गम्भीर ध्यानाकर्षण गराएको हो । 

बैठकमा कांग्रेस सभापति गगन थापाले राहत सामग्री जथाभावी ढंगले बाँड्दा असहयोग हुने जोखिम रहने भएकाले स्थानीय सरकार र प्रशासनसँग समन्वय गरी एकद्वार प्रणालीबाट मात्र वितरण गर्नुपर्ने बताए ।

पार्टीका सांसद मोहन आचार्यको नेतृत्वमा समिति र मानबहादुर थापा सदस्यसचिव रहने गरी पार्टी कार्यालयमै सूचना संकलन तथा राहत समन्वयका लागि तत्काल ’डेस्क’ स्थापना गरिएको उनले जानकारी दिए । 

उनले पार्टीका सांसद, केन्द्रीय सदस्य, स्थानीय तहका जनप्रतिनिधि र साथीहरूको योगदानबाट पार्टीको विपद् कोषमार्फत राहतका लागि आवश्यक स्रोत परिचालन गरिने बताए ।

साथै बैठकले सम्पूर्ण राजनीतिक दल, सरकार, संघसंस्था, सुरक्षा निकाय र स्थानीय सरकारलाई सबै कुरा थाती राखेर उद्धार र राहतमा जुट्न आग्रह गरिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । 

प्रभावित क्षेत्रका सांसदहरू, विपद् विज्ञहरू, पार्टी सभापतिहरू, स्थानीय संरचना र भातृ संस्थाका प्रतिनिधिहरूलाई तटीय तथा पीडित क्षेत्रमा खटिएर आवश्यक सहयोग पुर्‍याउन निर्देशन दिएको उनले बताए ।  

बैठकले राष्ट्रिय शोक र विपद्को अवस्थालाई मध्यनजर गर्दै भदौ ११ गतेका लागि तय गरिएको ’महिला उद्यमशीलता सम्मेलन’ स्थगित गरेको छ । 

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ५ : २२ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार