सातापछि बत्ती बाल्ने तयारीमा रहेको हाइड्रो बाढीले बगायो, ६० मजदुर र कर्मचारी सम्पर्कविहीन « Khabarhub

सातापछि बत्ती बाल्ने तयारीमा रहेको हाइड्रो बाढीले बगायो, ६० मजदुर र कर्मचारी सम्पर्कविहीन


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक सातापछि विद्युत् उत्पादन सुरू गरेर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारीमा रहेको रसुवास्थित निर्माणाधीन लाङटाङ खोला जलविद्युत् आयोजना ध्वस्त भएको छ। भोटेकोसीमा आएको भीषण बाढीले यो आयोजना नै तहसनहस बनाएको हो ।

आयोजनाको पावर हाउस बाढीले पूर्ण रूपमा बगाएको छ भने सुरुङभित्र काम गरिरहेका करिब ६० जना कर्मचारी तथा मजदुर सम्पर्कविहीन छन् । बुधबार बिहान चीनको तिब्बततर्फबाट भोटेकोसीमा आएको बाढीका कारण आयोजना क्षेत्रमा ठूलो क्षति पुगेको हो ।

निर्माण कम्पनी मल्टी इनर्जी प्रालिका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईका अनुसार बाढी आउँदा कर्मचारी र मजदुर सुरुङभित्र कंक्रिट ढलानको काममा व्यस्त थिए ।

आयोजनामा मल्टी इनर्जीका इन्जिनियर, ओभरसियर, गार्ड र भान्छेसहित २५ जना तथा पेटी कन्ट्र्याक्टरतर्फका करिब ३५ जना मजदुर कार्यरत थिए । उनीहरू बिहानदेखि सम्पर्कमा नरहेको भट्टराईले बताए ।

‘अर्को साता बत्ती बाल्ने तयारी थियो। तीन दिनअघि मात्रै फिल्डमा गएर आएको थिएँ,’ भट्टराईले भने, ‘आयोजना त फेरि बनाउँला, तर हाम्रा काबिल इन्जिनियर र मजदुरहरूको अवस्था अज्ञात हुँदा मन बेचैन भएको छ ।’

बाढीले आयोजनाको पावर हाउसको संरचना नै नरहने गरी क्षति पुर्‍याएको उनले बताए । बाढी प्राकृतिक जलसतहभन्दा करिब १ सय २५ मिटर माथिसम्म पुगेको थियो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का सचिवसमेत रहेका भट्टराईले घटनालाई सामान्य बाढी नभई ‘महाप्रलय’ को संज्ञा दिएका छन् । उनले अहिले आयोजनाको क्षतिभन्दा पनि सम्पर्कविहीन कर्मचारी तथा मजदुरको खोजीलाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले भने, ‘प्रोजेक्ट त फेरि बनाऔँला, तर मान्छे कहाँबाट ल्याउने ?’ उनले मानवीय क्षति नै सबैभन्दा ठूलो चिन्ताको विषय भएको बताए ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ६ : ४४ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा