रास्वपाले विपद् प्रतिकार्य तथा राहतका लागि सरकारलाई ५० लाख सहयोग गर्ने « Khabarhub

रास्वपाले विपद् प्रतिकार्य तथा राहतका लागि सरकारलाई ५० लाख सहयोग गर्ने


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् प्रतिकार्य तथा राहतका लागि सरकारलाई तत्काल ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको रास्वपा सचिवालय बैठकले बिहानैदेखि राज्यका सबै संयन्त्र परिचालन गरी सरकारले देखाएको तत्परताप्रति सराहना गर्दै विपद् प्रतिकार्य तथा राहतका लागि सरकारलाई तत्काल ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए । 

बैठकले विशेष परिस्थितिका कारण रास्वपाका सम्पूर्ण औपचारिक तथा साङ्गठनिक कार्यक्रमहरू हालका लागि स्थगित गरेको छ भने खोज, उद्धार र राहतमा खटिँदा पार्टीको झण्डा वा लोगो प्रयोग नगरी विशुद्ध एक सचेत नागरिक र राष्ट्रिय झण्डाको भावना अनुरूप खटिन सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिइएको उनले बताए । 

त्यस्तै बैठकले रास्वपाको ’र्‍यापिड एक्सन टिम’ लाई सरकारी संयन्त्रसँग पूर्ण समन्वय गरी उद्धार कार्यमा खटाइएको उनले जानकारी दिए। 

साथै बैठकले खोज, उद्धार र राहत सम्पन्न नहुन्जेल २४सै घण्टा सरकार, स्थानीय प्रशासन र पीडित नागरिकको साथमा रहने प्रतिबद्धता जनाएको छ भने प्रभावित क्षेत्रमा विदेशी नागरिकहरू समेत परेको हुन सक्ने भएकाले उनीहरूको खोजी तथा उद्धारमा पनि उत्तिकै गम्भीरताका साथ जुट्न आग्रह गरिएको रास्वपा प्रवक्ता खरेलले बताए । 

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ७ : १४ बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार