छिमेकीसँगको कूटनीतिक संवादलाई तीव्रता दिँदै इरान « Khabarhub

छिमेकीसँगको कूटनीतिक संवादलाई तीव्रता दिँदै इरान


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले छिमेकी मुलुकसँगको ‘दृढ’ कूटनीतिले शान्ति र स्थिरताप्रतिको इरानको प्रतिबद्धता पुष्टि गर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल सैयद आसिम मुनिर र ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद अल बुसाइदीसँग क्रमशः सोमबार र मङ्गलबार भएका वार्तामा क्षेत्रीय समाधानमा जोड दिइएको बताए ।

‘नयाँ करिडोरका लागि प्रस्तावित रूपरेखा, संयुक्त रूपमा बारुदी सुरुङ हटाउनेकार्य र होर्मुजको भविष्यको व्यवस्थापन यसका उदाहरण हुन्,’ अराघचीले लेखेका छन् ।

इरान र ओमानले होर्मुज जलसन्धिमा अस्थायी संयुक्त जलमार्ग (सिपिङ करिडोर) स्थापना गर्ने तथा उक्त जलमार्गबाट बारुदी सुरुङ हटाउने संयुक्त परियोजना सञ्चालन गर्ने प्रस्ताव सार्वजनिक गरेपछि उनको यस्तो भनाइ आएको हो ।

यसैबीच, अराघचीले मङ्गलबार कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीसँग टेलिफोन वार्ता गरेका थिए । इरानी विदेश मन्त्रालयका अनुसार वार्तामा क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ्न नदिन तथा क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न कूटनीति र समन्वयमा जोड दिइएको थियो ।

इरानी भू–भागमा इजरायल र संयुक्त राज्य अमेरिकाको संयुक्त आक्रमणपछि इरानले फेब्रुअरी २८ देखि होर्मुज जलसन्धिमा आफ्नो नियन्त्रण कडा बनाउँदै इजरायल र अमेरिकासँग सम्बन्धित वा उनीहरूको स्वामित्वमा रहेका जहाजको आवतजावतमा रोक लगाएको थियो ।

गत महिना दुई देशबीच तनाव बढेसँगै, जुन १८ मा भएको अमेरिका–इरान समझदारीपत्र (एमओयू) अन्तर्गतको ६० दिने वार्ताको समयसीमा अगस्ट १७ मा समाप्त भएको थियो । यससँगै अन्तिम शान्ति सम्झौताको सम्भावना अनिश्चित बनेको छ । रासस
 

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ७ : ४५ बजे

रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना

विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको

भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको अपिल

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

बाढीपीडितलाई प्रधानमन्त्रीले भने- यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य साथमा छ

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति