बाढीका कारण ‘२०८३ को गाईजात्रा’ कार्यक्रम स्थगित : मनोज गजुरेल « Khabarhub

बाढीका कारण ‘२०८३ को गाईजात्रा’ कार्यक्रम स्थगित : मनोज गजुरेल


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि यस वर्ष आयोजना हुने भनिएको ‘२०८३ को गाईजात्रा’ कार्यक्रम स्थगित गरिएको छ ।

ब्राण्डवर्थ प्रालिले कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा भदौ १२, १३ र १४ गते आयोजना गर्ने तयारी गरेको ‘८३ सालको गाईजात्रा’ कार्यक्रम विषम परिस्थितिका कारण तत्कालका लागि स्थगित गरिएको जनाएको हो ।

बरिष्ठ हास्य व्यङ्ग्य मनोज गजुरेलले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

गजुरेलले विपद्को समयमा उद्धार तथा सहयोग कार्यमा जुट्न सबैलाई अपिलसमेत गरेका छन् ।

बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि विभिन्न सार्वजनिक तथा सांस्कृतिक कार्यक्रम स्थगित हुन थालेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ७ : ५९ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा