बाढीपीडितलाई प्रधानमन्त्रीले भने- यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य साथमा छ « Khabarhub

बाढीपीडितलाई प्रधानमन्त्रीले भने- यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य साथमा छ


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत उनले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट हालसम्म ५० भन्दा बढी नागरिकको मृत्यु भएको बताउदै मृतकहरूका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको निःशुल्क र छिटो उपचार गर्ने प्रतिबद्धता जनाएका छन् । 

उनले सरकार घाइतेको उपचार, बेपत्ताको खोजी तथा प्रभावितको उद्धारलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए ।

उनका अनुसार बाढीपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक, राष्ट्रिय परिषद् र मन्त्रिपरिषद्को बैठक बसेर उद्धार, खोजी तथा राहतलाई तीव्र बनाउने निर्णय गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली परिचालन गरिएको प्रधानमन्त्री शाहले जानकारी दिए ।

 सुरक्षाकर्मीले नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिसकेको र घाइतेहरूलाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको उनले बताए ।

घाइतेहरूको सहज र निःशुल्क उपचारका लागि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको उनले जानकारी दिए ।

उपत्यकाका अन्य ठूला अस्पताललाई समेत घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ ।

सरकारले प्रभावित क्षेत्रमा मेडिकल टिम, चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको प्रधानमन्त्री शाहले बताए । नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायतका निकायबाट समेत चिकित्सक र उद्धारकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको उनले जानकारी दिए ।

प्रधानमन्त्री शाहका अनुसार नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन् ।

प्रभावित परिवारसम्म खानेकुरा, सफा खानेपानी, औषधी तथा अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्‍याइने उनले बताए । बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनाको प्राथमिकताका साथ पुनर्निर्माण गरिने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने उनको भनाइ छ ।

‘घाइते नागरिकहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गर्नु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु नै अहिलेको पहिलो प्राथमिकता हो,’ प्रधानमन्त्री शाहले भने ।

उनले बाढी प्रभावित नागरिकहरूलाई राज्य आफ्ना सम्पूर्ण साधनस्रोतसहित साथमा रहेको भन्दै धैर्य गर्न आग्रह गरेका छन् । साथै सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई राहत र उद्धार अभियानमा सहयोग गर्न अपिल गरेका छन् ।

प्रधानमन्त्री शाहले बाढीमा हराइरहेका नागरिकको खोजीलाई अझ तीव्र बनाइने र आज रातभर पनि उद्धार कार्य जारी रहने बताएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ८ : ०७ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा