भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन « Khabarhub

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन


१० भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ । विभिन्न जिल्लामा फेला परेका शव तथा प्रहरीको पछिल्लो तथ्यांकअनुसार मृतकको संख्या ९५ पुगेको हो ।

नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र नवलपरासी पूर्वमा बाढीमा परी मृत्यु भएकाहरूको शव फेला परेको छ । तीमध्ये महिला, पुरुष तथा बालबालिकासहित केही शवको पहिचान खुल्न बाँकी छ ।

रसुवामा एक पुरुषको शव फेला परेको छ । नुवाकोटमा पाँच महिला र छ पुरुष गरी ११ जनाको शव भेटिएको छ । धादिङमा ११ महिला, पाँच पुरुष र पहिचान नखुलेका दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

गोरखामा एक महिला, चार पुरुष, एक बालक तथा पहिचान नखुलेका १० जनाको शव भेटिएको छ। चितवनमा १० महिला, १० पुरुष, दुई बालिका, तीन बालक तथा पहिचान नखुलेका आठ जनाको शव फेला परेको छ ।

त्यस्तै तनहुँमा तीन पुरुष, एक बालिका र एक बालक तथा नवलपरासी पूर्वमा आठ पुरुष र तीन बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।

६३ जना उपचाररत

बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा सात जना, वीरेन्द्र सैनिक छाउनी अस्पतालमा एक जना, रसुवा अस्पतालमा २१ जना, त्रिशूली अस्पतालमा १६ जना, नर्भिक अस्पतालमा तीन जना र ग्रीनसिटी अस्पतालमा एक जनाको उपचार भइरहेको छ।

२८ प्रहरी सम्पर्कविहीन

बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा खटिएका २८ जना प्रहरी अझै सम्पर्कविहीन छन् ।

नेपाल प्रहरीका अनुसार टिमुरेबाट १० जना, रसुवागढीबाट आठ जना, स्याफ्रुबेँसीबाट तीन जना, मैलुङबाट पाँच जना, वेत्रावतीबाट एक जना र हाकुबाट एक जना प्रहरी सम्पर्कविहीन भएका छन् ।

बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  ८ : १५ बजे

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका