भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन « Khabarhub

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ । विभिन्न जिल्लामा फेला परेका शव तथा प्रहरीको पछिल्लो तथ्यांकअनुसार मृतकको संख्या ९५ पुगेको हो ।

नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र नवलपरासी पूर्वमा बाढीमा परी मृत्यु भएकाहरूको शव फेला परेको छ । तीमध्ये महिला, पुरुष तथा बालबालिकासहित केही शवको पहिचान खुल्न बाँकी छ ।

रसुवामा एक पुरुषको शव फेला परेको छ । नुवाकोटमा पाँच महिला र छ पुरुष गरी ११ जनाको शव भेटिएको छ । धादिङमा ११ महिला, पाँच पुरुष र पहिचान नखुलेका दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

गोरखामा एक महिला, चार पुरुष, एक बालक तथा पहिचान नखुलेका १० जनाको शव भेटिएको छ। चितवनमा १० महिला, १० पुरुष, दुई बालिका, तीन बालक तथा पहिचान नखुलेका आठ जनाको शव फेला परेको छ ।

त्यस्तै तनहुँमा तीन पुरुष, एक बालिका र एक बालक तथा नवलपरासी पूर्वमा आठ पुरुष र तीन बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।

६३ जना उपचाररत

बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा सात जना, वीरेन्द्र सैनिक छाउनी अस्पतालमा एक जना, रसुवा अस्पतालमा २१ जना, त्रिशूली अस्पतालमा १६ जना, नर्भिक अस्पतालमा तीन जना र ग्रीनसिटी अस्पतालमा एक जनाको उपचार भइरहेको छ।

२८ प्रहरी सम्पर्कविहीन

बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा खटिएका २८ जना प्रहरी अझै सम्पर्कविहीन छन् ।

नेपाल प्रहरीका अनुसार टिमुरेबाट १० जना, रसुवागढीबाट आठ जना, स्याफ्रुबेँसीबाट तीन जना, मैलुङबाट पाँच जना, वेत्रावतीबाट एक जना र हाकुबाट एक जना प्रहरी सम्पर्कविहीन भएका छन् ।

बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ८ : १५ बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण