रसुवा बाढीमा फेसका ११४ जनाको हवाई उद्धार « Khabarhub

रसुवा बाढीमा फेसका ११४ जनाको हवाई उद्धार


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै नेपाली सेना र निजीक्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छ्न् । नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजीक्षेत्रका विभिन्न हेलिकोप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन् ।

नेपाली सेनाले रसुवाको टिमुरे–धुन्चेमा ६० जना, टिमुरे–त्रिशूलीमा १३, मैलुङमा ५ जना, बेत्रावतीमा ४जना, त्रिशूली–काठमाडौंमा तीन जनाको उद्धार गरेको छ ।

त्यसैगरी निजीक्षेत्रअन्तर्गत कैलाश हेलिकोप्टरले रसुवा–टिचिङ अस्पतालमा ५ जना, सिम्रिकले रसुवाबाट ३, जना, अन्नपूर्ण हेलिले रसुवाबाट टिचिङ अस्पतालमा ४ जनाको उद्धार गरेका छन् ।

साथै प्रभु हेलिकप्टरले रसुवादेखि टिचिङ अस्पतालमा ५ जना, सिम्रिकले रसुवा–टिचिङ अस्पतालमा २ जना, फिसटेलले रसुवा–टिचिङ अस्पतालमा ५ जना, एभरेष्टले रसुवा–टिचिङ अस्पतालमा २ जना र प्रभु हेलीले रसुवा–वीर अस्पतालमा २ जनाको उद्धार गरेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ८ : ४१ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा