त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए « Khabarhub

त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन – चीनको स्वशाषित क्षेत्र तिब्बतबाट हुँदै भोटेकोशीमा गएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिएका छन् । कुरिनटारदेखि मुग्लिनसम्म १६ वटा र मुग्लिनबाट यता ३७ वटा शव भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार भेटिएका शव भरतपुर अस्पतालको शवगृहमा ल्याउने क्रम जारी छ । महिला÷पुरुष छुट्याउन कठिन भएको उनले बताए ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शव राख्ने स्थानको खोजी गर्न लागिएको जानकारी दिनुभयो । अहिलेसम्म आएका शवसमेत राख्न सक्ने अवस्था नरहेकाले स्थानको खोजी गरिएको उनले बताए ।

सुरक्षा निकायले नदी तटीय क्षेत्रमा उच्च सतर्कताका साथ बगेर आएका शव निकाल्ने काम गरिरहेको छ । बाढीको जोखिमका कारण पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको छ ।

धादिङलगायतका क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएका कारण सवारी आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालयय चितवनले सूचना जारी गरी जानकारी दिएको छ । यससँगै नदी तटीय क्षेत्रमा रहेका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन समेत स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ९ : २४ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु