रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने « Khabarhub

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको व्यापक क्षतिप्रति मधेश प्रदेश सरकारले गहिरो दुःख व्यक्त गर्दै प्रभावितको खोज, उद्धार तथा राहतमा सहयोग गर्ने निर्णय गरेको छ ।

मधेश प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । सरकारले बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन मधेश प्रदेशका आम नागरिक, बुद्धिजीवी, उद्यमी, व्यवसायी, समाजसेवी तथा आमसञ्चार जगतलाई सहयोगका लागि सरकारले हार्दिक अपिल गरेको छ ।

त्यस्तै, विपद्को यस घडीमा प्रभावित नागरिकको राहत तथा विपद् व्यवस्थापन कार्यमा सहयोग पुर्‍याउन मधेश प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीलगायत सम्पूर्ण पदाधिकारी र कर्मचारीको एक दिन बराबरको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार सरकारले विपद्को अवस्थामा मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै प्रभावित नागरिकलाई तत्काल राहत तथा उद्धारमा सहयोग पुर्‍याउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ९ : ३६ बजे

होर्मुज जलडमरूमध्ये पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी