पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने « Khabarhub

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अत्याधुनिक एम्बुलेन्ससहित स्वास्थ्यकर्मी र नगर प्रहरीको सहायता टोली पठाउने भएको छ ।

नगरप्रमुख धनराज आचार्यले सहायता टोलीलाई कुन ठाउँमा पठाउने भन्ने विषयमा सुरक्षा निकायसँग आवश्यक परामर्श र समन्वय भइरहेको जानकारी दिए ।

प्राकृतिक विपद्को घडीमा राहत तथा उद्धार कार्य एकद्वार प्रणालीमार्फत व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन हुनुपर्नेमा उनले जोड दिए । राहत तथा उद्धारका लागि महानगरपालिकाले सम्बद्ध निकायसँग सम्पर्क, समन्वय र सहजीकरण गरिरहेको प्रमुख आचार्यले बताए ।

महानगरका तर्फबाट थप सहयोग र राहत सामग्री पठाइने उनको भनाइ छ । विपद्को घडीमा धैर्य, संयम र मानवीय भावना कायम राख्न सबैमा उनको आग्रह छ । आज बिहान आएको बाढीले भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो धनजनको क्षति भएपछि यहाँका अन्य स्थानीय तहले पनि राहत रकम घोषणा गरेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ९ : ४५ बजे

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु

जोहानेसबर्ग– दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु

बाढीपहिरोबाट पृथ्वी राजमार्गसहित मुख्यसडक अवरुद्ध

काठमाडौं– बाढी पहिरोले देशका विभिन्न राष्ट्रिय राजमार्ग र मुख्यसडक अवरुद्ध

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा