भोटेकोशी बाढी : गाेरखामा १८ शव फेला « Khabarhub

भोटेकोशी बाढी : गाेरखामा १८ शव फेला


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

गोरखा – भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा शव त्रिशूली नदीको गोरखातर्फको बगरमा फेला पारेको छ । राति ९ः०० बजेसम्ममा गोरखातर्फ १८ वटा शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

“शव धमाधम फेला परिरहेका छन् । हालसम्म १८ वटा फेला छ”, उहाँले भन्नुभयो । शवहरूको खोजीकार्य हालसम्म पनि जारी रहेको उनको भनाइ छ ।

जिल्लाको गण्डकी गाउँपालिका वडा नं ८ धवादीघाट, वडा नं ६ भुम्लिचोक, गण्डकी–१ बुट्टार, वडा नं ४ फेवाटार र वडा नं ७ ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा उक्त शवहरू फेला परेका जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  १० : ०३ बजे

राष्ट्रपतिसमक्ष महिला आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष

एसियाली खेलकुद : नेपालले खोल्यो जितको खाता

काठमाडौँ – जापानमा जारी २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले

राष्ट्र बैंकबाट ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही

काठमाडौँ– नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष

इटहरीमा एम्बुलेन्सभित्र भेटियो साढे चार क्विन्टल गाँजा

काठमाडौँ – सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा बेवारिसे अवस्थामा

सुनको मूल्य तोलाको ३ लाख २ हजार ३ सय रुपैयाँ पुग्यो

काठमाडौँ – बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी