बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन « Khabarhub

बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय क्षति भएपछि भारतीय अभिनेता तथा समाजसेवी सोनु सुदले नेपाललाई सक्दो सहयोग गर्ने बताएका छन् ।

सोनु सुदले सामाजिक सञ्जालमार्फत नेपालका बाढी प्रभावित नागरिकप्रति सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले खाद्यान्न, आश्रय तथा पुनःस्थापनामा सहयोग गर्ने बताएका हुन् ।

सोनु सुदले आफ्नो सन्देशमा नेपाल एक्लो नरहेको उल्लेख गर्दै कठिन परिस्थितिमा सहयोगका लागि आफूहरू अघि बढ्ने बताएका छन् । बाढीपछि नेपालमा राहत तथा उद्धारका प्रयास भइरहेका बेला विभिन्न देश तथा अन्तर्राष्ट्रिय स्तरबाट समेत सहयोग र ऐक्यबद्धता जनाउने क्रम सुरु भएको छ।

नेपाल प्रहरीका अनुसार बुधबार साँझ ७ बजेसम्म बाढीमा परी ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  १० : १५ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा