रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन « Khabarhub

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन


१० भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या १०० पुगेको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार अहिलेसम्म १०० जनाको शव भेटिएको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका नदी तटीय क्षेत्रमा शव भेटिएका हुन् ।

भेटिएका शवको पहिचान खुलाउने प्रयास भइरहेको डीआईजी काफ्लेले जानकारी दिए । बाढीमा परी २८ जना प्रहरी कर्मचारीसमेत सम्पर्कविहीन छन् ।

बुधबार बिहान करिब ९ बजे चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी रसुवाको भोटेकोशी नदीमा मिसिएपछि ठूलो क्षति भएको हो । बाढीका कारण रसुवाको टिमुरे र मैलुङमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् ।

बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी उद्धार कार्य जारी राखिएको छ। जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कामसमेत भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  १० : ३० बजे

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका