बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित « Khabarhub

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित


१० भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको नियमित परीक्षा भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको छ ।

व्यवस्थापन सङ्काय, डिनको कार्यालयले आज जारी गरेको सूचनाअनुसार एमबिएस, एमपिए, एमबिए–एफ, एमबिए–सिएल, एमबिए–एम, एमबिएम, एमएचएम, एमटिटिएम र एमएटिएस कार्यक्रमअन्तर्गत भदौ ११ गतेका लागि निर्धारित परीक्षा स्थगित गरिएको हो ।

बाढीका कारण उत्पन्न असहज तथा प्रतिकूल परिस्थितिलाई ध्यानमा राखी सम्बन्धित परीक्षा स्थगित गरिएको व्यवस्थापन सङ्कायले जनाएको छ । स्थगित परीक्षाको नयाँ मिति तथा तालिका यथाशीघ्र प्रकाशन गरिने सूचनामा उल्लेख छ ।

यसअघि त्रिविको व्यवस्थापन सङ्कायले नुवाकोटस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा भदौ ११ गते सञ्चालन हुने एमबिएसअन्तर्गत ‘व्यवस्थापन ५२२ः अन्तरराष्ट्रिय व्यवसाय’ विषयको परीक्षा पनि प्राकृतिक विपत्तिका कारण स्थगित गरेको थियो ।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  १० : ३९ बजे

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय