सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग « Khabarhub

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग


१० भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाले सरकारको निर्देशनविपरीत सहयोग आह्वान गरेको छ। उक्त संस्थाले आफ्नै खाता नम्बर दिएर रसुवा बाढीपीडीतको नाममा आर्थिक माग गरेको हो ।

उक्त संस्थाले रसुवामा हालको बाढीको स्थितिको अध्ययन गरेपछि प्रभावितहरूका लागि सहयोग उपलब्ध गराउन लागेको जनाएको छ।

‘बाढीले घर, जीविकोपार्जनका स्रोत र आधारभूत आवश्यकताका सामग्रीहरू बगाएर लगेको छ, जसका कारण धेरै मानिसहरू आश्रय, खाना र स्वच्छ पानीको पहुँचबाट वञ्चित भएका छन्,’ सामाजिक सञ्जाल इन्स्टाग्राममा भनेको छ, ‘हामी नेपालको उद्धार तथा राहत टोली हाल रसुवामा प्रभावितहरूलाई तत्काल सहयोग पुर्‍याउन खटिरहेको छ। तर क्षतिको व्यापकतालाई हेर्दा यो कार्यलाई निरन्तरता दिन हामी सबैको सामूहिक सहयोगको तत्काल आवश्यकता छ।’

यस संस्थाले जिन्सी सहयोग गर्न चाहनेले र आर्थिक सहयोग चाहनेले पनि सहयोग गर्न सक्ने जनाएको छ। आर्थिक सहयोग माग्दै हामी नेपालको नबिल बैंक महाराजगञ्ज शाखाको क्यूआर सार्वजनिक गरिएको छ।

तर सरकारले भने आफूखुसी राहत तथा आर्थिक सहायता उठाउने काम नगर्न निर्देशन जारी गरेको छ। सरकारको निर्देशनविपरीत गृहमन्त्रीकै संस्था भने आर्थिक सहयोग मागिरहेको छ।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  ११ : ०५ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला