सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग « Khabarhub

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाले सरकारको निर्देशनविपरीत सहयोग आह्वान गरेको छ। उक्त संस्थाले आफ्नै खाता नम्बर दिएर रसुवा बाढीपीडीतको नाममा आर्थिक माग गरेको हो ।

उक्त संस्थाले रसुवामा हालको बाढीको स्थितिको अध्ययन गरेपछि प्रभावितहरूका लागि सहयोग उपलब्ध गराउन लागेको जनाएको छ।

‘बाढीले घर, जीविकोपार्जनका स्रोत र आधारभूत आवश्यकताका सामग्रीहरू बगाएर लगेको छ, जसका कारण धेरै मानिसहरू आश्रय, खाना र स्वच्छ पानीको पहुँचबाट वञ्चित भएका छन्,’ सामाजिक सञ्जाल इन्स्टाग्राममा भनेको छ, ‘हामी नेपालको उद्धार तथा राहत टोली हाल रसुवामा प्रभावितहरूलाई तत्काल सहयोग पुर्‍याउन खटिरहेको छ। तर क्षतिको व्यापकतालाई हेर्दा यो कार्यलाई निरन्तरता दिन हामी सबैको सामूहिक सहयोगको तत्काल आवश्यकता छ।’

यस संस्थाले जिन्सी सहयोग गर्न चाहनेले र आर्थिक सहयोग चाहनेले पनि सहयोग गर्न सक्ने जनाएको छ। आर्थिक सहयोग माग्दै हामी नेपालको नबिल बैंक महाराजगञ्ज शाखाको क्यूआर सार्वजनिक गरिएको छ।

तर सरकारले भने आफूखुसी राहत तथा आर्थिक सहायता उठाउने काम नगर्न निर्देशन जारी गरेको छ। सरकारको निर्देशनविपरीत गृहमन्त्रीकै संस्था भने आर्थिक सहयोग मागिरहेको छ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ११ : ०५ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६